सस्तोमा चामल बिक्री सुरु
बर्दियाको राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सस्तो मूल्यमा चामल बिक्री गर्न सुरु गरेको छ ।
दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर कम्पनीले आफुसँग भएको मोटा र मकवानपुर चामल सस्तो मूल्यमा बिक्री गर्न सुरु गरेको हो ।
यसअघि मोटा चामल प्रति क्वीन्टल ४ हजार ५ सय रुपैया र मकवानपुर चामल ४ हजार ८ सय ४५ रुपैयामा बिक्री गरीदै आएकोमा प्रति क्वीन्टल ५ सय रुपैया कम गरेर बिक्री गर्न सुरु गरिएको कम्पनीका प्रमुख धर्मराज पन्तले जानकारी दिनुभयो ।
सस्तो मुल्यको चामल उपभोक्ता हितकालागी भएकाले जो–कोही उपभोक्ताले खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।
सस्तो मूल्यवाट भौराटप्पाका २ पालिकाका झण्डै २ लाख भन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन् । चामल कर्णालीका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालीकोट जिल्लाका स्थानियहरुलाई सहुलियत दरमा समेत पठाइने छ ।असोज २०, २०७७