उखु उत्पादक संघले बुझायो ज्ञापनपत्र
उखु उत्पादक संघले विभिन्न माग राख्दै संसदको विकास तथा प्रविधि समिति र उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई ज्ञापनपत्र बुझाएको छ।
आइतबार सिंहदरवार पुगेर संघका प्रतिनिधिहरुले २ समितिका सभापतिहरुलाइ ज्ञापन पत्र बुझाएका हुन्। उखु किसानहरुले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैँअघि नै पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
किसानले पाउनुपर्ने रकम ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रहेको बताइएको छ। ज्ञापनपत्रमा उखु किसान र श्रमिक मजदुरका समस्याहरु पनि उल्लेख गरिएको छ।