बिहिबार, १५ चैत्र २०८०

कफीको न्यूनतम समर्थन मूल्य तोकियो

Share via:

सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले कफी उत्पादन गर्न लाग्ने लागत खर्चमा २२.५ प्रतिशत नाफा जोडेर मूल्य तोकिएको जानकारी दिए।

उनकाअनुसार बोर्डले फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९० र बी ग्रेडलाई ८० रुपैयाँ तोकेको छ।

पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’लाई प्रतिकिलो ४ सय ५० र बी ग्रेडलाई ३ सय ९७ रुपैयाँ तोकिएको छ।त्यस्तै, प्रशोधन गर्न नसकिएको ‘ए ग्रेड’को कफीलाई प्रतिकिलो १ सय ४८ र ‘बी ग्रेड’को कफीको मूल्य ९५ रुपैयाँ तोकिएको छ।

बोर्डले अघिल्लो वर्षको तुलनामा यसवर्ष कफीको मूल्यमा ५ देखि २५ रूपैयाँसम्म वृद्धि गरेको छ।

नेपालमा ४३ जिल्लामा कफी खेती हुन्छ। अधिकांश क्षेत्रफलमा अरेबी जातका कफी उत्पादन हुँदै आएका छन्।

स्वदेशमा कफी उत्पादन राम्रो हुने भएपनि विदेशबाट पनि उत्तिकै मात्रामा कफी आयात भइरहेको तथ्याङ्कले देखाउँछ।बोर्डका अनुसार गत वर्ष नेपालमा ११ करोड ८८ लाख रुपैयाँ बराबरको २ सय ६६ टन कफी आयात भएको थियो भने नेपालबाट ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६.८९ टन कफी निर्यात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित