मौरीपालन सम्बन्धी जानकारी
मौरी अन्य किराहरूमध्ये एक फाइदा जनक र धेरै संख्यामा रहने किरा हो । मौरी प्राचीन समय पालन गर्दैनथे भने पुरानो समयमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर पालन गर्थे यही शिलशिलामा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस पे्रmम घारको आविष्कार भयो । मह मदानीको आविष्कार भएपछि मौरीलाई व्यवसायिक रूपमा पालन गरी फर्म खोलेर अहिले पालन गरिरहेका छन् ।
कस्ता जातका मौरी पाल्दा राम्रो हुन्छ ?
मेलीफेरा र सेराना जातका मौरी पालन गर्दा राम्रोसँग उत्पादन दिने गर्दछन् । मेलीफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ ।
मौरीको घर र रेखदेख गर्दा ध्यान दिनुपर्ने कुराहरू
पुष्प रस नपाउने समयमा मौरीलाई कृतिम आहारा वा अन्य ठाउँमा लागेर चरणको व्यवस्था गर्नु पर्दछ । मौरीको घारबाट मह निकालेको अवस्थामा रानी मौरी फेरेको बेलामा घार समायोजन र विभाजन गरेको बेलामा कृतिम आहाराको कालो र गाँढा रङ्गको कपडा लगाउनु हुँदैन साथै बास्नादार तेल, सेन्त लगाउँनु पनि हुँदैन । घार खोल्दा वा हेरचाह गर्दा टाउँकोमा जाली टोपी र हातमा पञ्जा लगाउनु पर्दछ ।
घार खोल्दा गर्मी मौसममा बिहान ९ बजे देखि ११ बजे र दिउँसोमा २ देखि ४ बजेसम्म खोली सक्नुपर्दछ वा समय र मौसम अनुकुल छ छैन हेर्नु पर्दछ । घार खोल्दा जहिले पनि प्रवेशद्वारको विपरित दिशातर्फ बसेर खोल्ने गर्नुपर्दछ ।
घार कसरी तयार पर्ने ?
मौरीको आधुनिक घारको आविष्कार भएदेखि मौरी जात अनुसारको घार तयार पारिन्छ ।
घारको किसिम
ल्याँगस्ट्रथ घार, न्युटन ‘ए’, न्युटन ‘बी’, न्युटन ‘सी’
मौरीका जात
एपिस मेलिफेरा, एपिस सेराना
क्षेत्र
अधिराज्यभरका लागि तराईका लागि (सानो) मध्य पहाडका लागि (ठूलो), उच्च पहाडका लागि (वाक्लोफल्याक)
मौरी पालनको फाइदाहरू
- मौरीले बोट बिरुवाको वंश संरक्षण हुन्छ ।
- कम लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने र थोरै जग्गा वा मौरीको लागि बेग्लै जग्गा आवश्यक पर्दैन ।
- महको सेवन गर्नाले दीर्घजीवन र स्वाथ्यको लागि पनि फाइदाजनक हुन्छ ।
- मौरीपालनबाट एउटा मह उत्पादन लिन सकिन्छ । अर्काेतर्फ कुटबाट पनि मैन उत्पादन वा अन्य श्रृंगारका सामग्री बनाउन सकिन्छ ।
- कम श्रम र शक्तिबाट पनि धेरै उत्पादन लिन सकिन्छ ।
- फूलको रस र परागको सदुपयोग हुन्छ ।
- रोजगारका अवसरमा वृद्धि हुन्छ ।
- सबै जातजाति र धर्मालम्बीहरूले मौरीपालन गर्न सकिन्छ ।
मह शुद्ध छ कि छैन भनेर कसरी थाहा पाउने ?
मह शुद्ध छ कि छैन भनेर थापा पाउने विभिन्न तरिका छन् । शुद्ध महको थोपा पानीमा चुहाउँदा रेसा नबनी थपक्कै पिँधमा पुग्छ भन्ने गरिन्छ । त्यसैगरी सिक्कामा मह दलेर पछाडिबाट टुक्कीमा सेकाउँदा चिनी मिसाइएको मह बल्छ, शुद्ध महमा आगो लाग्दैन । त्यस्तै शुद्ध मह कुकुरलाई दियो भने खाँदैन भन्ने पुरानो मान्यता छ । तर, अचेलका कुकुरले जे पनि खान सक्छन् । अनुभवी मान्छेले मह शुद्ध छ कि छैन भन्ने चाखेर पनि सहजै थाहा पाउन सक्छन् ।
नेपालमा पाइने परम्परागतरूपमा पालिने गरेको मौरीको जात एप्पीस सेरेना हो । यो मौरी नेपालमा करिब एक लाख २५ हजार घार रहेको हुनमान गरिएको छ । व्यवसायिक रूपमा पालन गरिँदै आएको मौरी चाहिँ युरोपियन जातको हो । यो जातका मौरी नेपालमा लगभग ३५ हजार घार रहेको अनुमान छ । महको मूल्य पनि मौरीको जात अनुसार फरक–फरक हुनसक्छ । थोरै हुने भएकाले कठ्यौरीको मह जसले काढ्छ उसैले खाइहाल्छ । मह उत्पादन गर्न मौरीका विभिन्न जातमध्ये उज्यालोमा बस्ने र अँध्यारो बस्ने दुईवटा जात हुन्छन् । उज्यालोमा बस्नेसँग पनि रानी हुन्छ, तर त्यसलाई पाल्न सकिँदैन । अँध्यारोेमा बस्नेलाई मात्रै पाल्न सकिन्छ । कठ्यौरी, भीर मौरी र खागोले उज्यालोमा मह लगाउँछन् । भने अन्य मौरीले अँध्यारोमा मह लाउँछन् ।
नेपालमा उत्पादित मह नेपाललाई नै पुगिराखेको छैन । तर, नेपालमा मह उत्पादनको राम्रो सम्भावना छ । चिउरीको फूलबाट उत्पादन हुने महलाई विश्वमा अर्गानिक मह मानिन्छ । हाल नेपालमा वार्षिक १८ लाख किलो मात्रै मह उत्पादन भइरहेको छ । अहिले नेपालमा भारत र चीनबाट समेत महको आयात भइरहेको छ । महका विभिन्न परिकारहरू बनाइन्छ । मह, मौरी र मेनको महत्व पनि छुट्टाछुट्टै छ । विदेशमा मौरीको विष सङ्कलन गरेर औषधिको रूपमा समेत प्रयोग गर्न गरिएको पाइन्छ ।
विशेष गरी नशा सम्बन्धी रोगको नियन्त्रणका लागि मौरीको विष प्रयोग हुन्छ । मौरीको चाका वा मैन जुत्ताको पोलिस, मूर्तिहरूको धलौट लिपस्टिक, क्रिम आदिमा प्रयोग हुन्छ । मौरीको चाकाबाट मह निकालिसकेपछि त्यसलाई पेलेर पुनः चाका बनाउने ठाउँमा मौरीलाई राखिदिन सकिन्छ । त्यसो गरियो भने मौरीलाई चाका बनाउने सुरुदेखिको झन्झट गरिरहनु पर्दैन र छिटै मह उत्पादन गर्नसक्छ । मौरीलाई एकैठाउँमा राखेर पालिरहँदा धेरै मह लगाउन सक्दैन । त्यसैले मौरीका घारहरू मौसम अनुसार सारी राख्नुपर्छ ।