बुधबार, ०२ असार २०७८

चीनबाट नेपालमा प्याज भित्रिदै

Share via:
  •  
  •  
  •  
  •  
  •  

भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा रोक लगाएपछि चीनबाट प्याजको आयात हुन थालेको छ । पछिल्लो दुई महिनामा चीनबाट ६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

भारतले भदौ २९ गते देखि लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चीनबाट प्याज आयात सुरु भएको हो ।

चालु आर्थिक वर्षको चार महिनामा ७५ करोड ९० लाख रुपैयाँ बराबरको एक करोड ८९ लाख ८० हजार किलो प्याज नेपाल भित्रिएको छ ।

यसमा ४ करोड १० लाख रुपैयाँ बराबरको चिनबाट आयात भएको प्याच पनि समावेश छ । प्रतिबन्ध अघि नेपालमा भारतबाट मात्रै  एक करोड ५७ लाख ९५ हजार किलो भित्रिएको थियो । भदौ ३० पछि भन्सार च्यानलबाटै २६ लाख किलो प्याज नेपाल भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

कालिमाटी फलफूछ तथा तरकारी बजार विकास समितिकाअनुसार काठमाडौं उपत्यकामा भारतीय सुकेको प्याज १०२ र चिनियाँ प्याज ७० रुपैयाँ प्रतिकिलोमा थोक मूल्यमा बिक्री भईरहेको छ ।

नेपाली व्यवसायीले भारतीय बजार पुगेर प्याज किन्न अप्ठ्यारो नभएपनि दुवै मुलुकबाट भन्सार पास गनर्ैै नसकिने प्याज व्यवसायी बृज भुसन मल्लिकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित