बुधबार, २० श्रावन २०७८

पशुपालनमा उपयोगी पराल

Share via:
  •  
  •  
  •  
  •  
  •  

परम्परागत नेपालमा गाई भैसीहरुको आहारामा मुख्यत धानको पराल खुवाउने चलन छ । गहुंको छवाली कोदोको नल र मकैको ढोडहरु पनि पशुहरुलाई खुबाईन्छ । खास गरी हरियो घाँसहरु नभएको वेलामा पराल मात्र दिएर पशुहरुको पेट भर्ने काम गरीन्छ । अरु कुनै हरियो घाँस वा सुकाएको कुनै राम्रो घाँसको अभावले नै पशुहरुलाई पराल मात्र खुवाउने वाध्यता हुन आएको छ । सुकेको परालले पशुहरु अघाउनु वाहेक अरु खास पौष्टिक तत्वहरुको आपूर्ति गर्दैन । पशुहरुले पराल पनि मन पराएर खादैनन र यसको नोक्सान समेत गर्दछन । तै पनि हालको परिस्थितिमा हामीलाई हाम्रो पशुको मुख्य आहारामा पराल खुवाउने वाहेक अर्का सरल विकल्प छैन । तर यस पराललाई युरिया मलवाट उपचार गरिएमा निम्न अनुसारको फाइदा लिन सकिन्छ ।

युरियावाट परालको उपचार गराइएमा पराल नरम र स्वादिलो हुन्छ ।

•             परालमा पोषिलो

•             परालमा पोषिलो तत्वहरुको मात्र वढदछ ।

•             पराल गाई भैसीले धेरै मात्रामा खान्छ ।

•             साना वाच्छा वाच्छी पाडा पाडीहरुको शारिरिक तौलमा वृद्धि गर्दछ ।

•             माउ गाई भैसीको जीवन निर्वाहको लागि आवश्यक पौष्टिक आहाराको पूर्ति गर्दछ ।

प्रतिदिन जिवन निर्वाहका लागी ३ देखी ४ के.जी. दुध दिने गाई भैसीलाई करिव २ के.जी. धानको ढुटो एक प्रतिशत नून अलिकता खनिज पदार्थहरु र अघाइन्जेल युरिया मल उपचार गरिएको पराल खुवाएमा पुग्दछ ।

युरिया मल परालमा कसरी उपचार गर्ने त ?

क) परालको टुक्राउनेः उपचार गरिने जति पराललाई २ देखी ३ इन्च सम्म लामो टुक्रा वनाएर काट्नु पर्दछ । यसरी टुक्राएर भुसा वनेको पराल युरिया मिसाएको पानी राम्रोसंग मिल्न सक्छ । पशुहरुले मन पराएर खाने पचाउन सजिलो हुने र कुनै एक ठाँउंमा राम्ररी थुपारेर सुरक्षित राख्न सकिन्छ ।

ख) ठाँउको छनौट : युरिया मल परालमा मिसाई कहां थुपार्ने हो सो ठाँउंको छनौट गरी सक्नु पर्दछ । सकभर पशुहरु राख्ने गोठको वरिपरि नै ठाउं छनौट भएमा कम खर्चिलो पर्दछ । ठाँउंको छनौट गर्दा संभवत भित्ता वा कुना भएका ठाँउंको छनौट गर्नु राम्रो हुन्छ ।

युरिया पानी वनाउने तरिका

युरिया पानी तयार गर्दा ४ प्रतिशत युरिया मल अनि ४ के.जी. युरिया १०० लिटर पानीमा मिसाउने ।

युरिया मल र पानीको घोल राम्रोसंग घुल्ने भाडामा राख्ने ।

युरिया मल अन्दाजले पानीमा नमिसाउने जहिले पनि जोख्ने वा आधा वा एक किलो ग्राम अटाउने भाडा वनाइएमा सधै युरिया मल जोखी रहनुपर्दैन ।

पानी पनि सधै नापी रहनु भन्दा एक पटक आफनो आवश्यकता अनुसारको भाडामा पानी नाप्ने र यसको आधारमा पछि मिसाउने चिन्हो लगाई अन्दाज गर्नु पर्दछ ।

पराल भुसामा युरिया पानी छर्कने तरिका

१) टुक्रा पारीएको पराल जति के.जी. ५ त्यती के.जी.÷ लिटर युरिया युक्त तयार पारीएको पानी आवश्यक पर्छ । एक के.जी. परालमा एक लिटर पानी टर्कनु पर्दछ ।

२) उदाहरण जस्तै १०० के.जी. टुक्रा पारीएको पराललाई जमिनमा प्लाष्टिक ओछयाएर १० के.जी. पराल १० लिटर युरिया युक्त घोल पानी त्यसमा छर्कनु पर्दछ । फेरी त्यसै गरी १० के.जी. पराल राख्दै जाने र १० लिटर पानी छर्कने गर्नु पर्दछ । यसै अनुसार आफुसंग भएको पराल र पानी मिसाउदै थुपार्दै जाने । युरिया पानी एक नास ले छर्कने पराल र पानी सके पछि प्लाष्टिकले राम्ररी छोप्ने त्यस भित्र हावा र पानी छिर्न नपाउने वनाउनु पर्दछ ।

३) यसरी थुपारेको पराललाई हावा पानी र घामले नविग्रने किसिमले कुनै प्लाष्टिकले ढाकेर अस्थायी खरको छाप्रो वनाएर सुरक्षित राख्नु पर्दछ ।

४) यसरी सुरक्षित गरी राखीएको पराललाई कम्तिमा पनि एक महिना राख्नु पर्दछ

खुवाउने तरिका

उपचार गरिएको दिनले कम सेकम ३० दिन पछि मात्र पराल गाई भैसीलाई ख्वाउनलाई उपयुक्त हुन्छ ।

पराल झिक्दा आवश्यकता अनुसार थुप्रोको कुनै एक कुनावाटमा झिक्ने ।

गाई भैसीलाई यस्तो पराल झिक्ने वित्तीकै खान दिनु हुंदैन ।

भरसक झिकेको परालमा गन्हाउने खालको ग्यास हुनछ र यो ग्यास पशुको मन पराउदैन ।

यो गन्ध परालवाट हटाउनको लागी घ घण्टा भुईमा फिजाउनु पर्छ र यस पछि गन्ध उडेर गए पछि मात्र पराल वस्तुलाई खान दिनु पर्दछ ।

वस्तुले (गाई भैसी) उपचारीत पराल वानी नपरुन्जेल नखान पनि सक्छन् । वानी पराउनको लागी करिव एक हप्ता जती समय लाग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *