शनिबार, ०८ बैसाख २०८१

चिनी उद्योगमा उखु अभाव, भारतबाट ल्याइँदै

Share via:

सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव हुन थालेको बताइएको छ । तर किसानले भने स्थानीयको पैसा भुक्तानी समयमा नदिइ भारतबाट उखु ल्याउने गरेको आरोप लगाएका छन् ।
जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग गोडैता ‘नो क्यान’ मा चलिरहेका छन् । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यो अवस्था आएको हो ।


दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैता अहिले भारतीय उखुको भरमा चलिरहेको छ । उद्योगले दलालमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतीय उखु ल्याइरहेको तर आफूहरूले बेचेको उखुको भुक्तानी गर्न चासो नदिएको स्थानीय किसानले गुनासो गरेका छन् ।
उखु किसान गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले पुस ५ गतेदेखि उखु क्रसिङ सुरु गरेको महालक्ष्मी मिलले अहिलेसम्म सुरुको एक साताको मात्रै भुक्तानी गरेको जानकारी दिनुभयो । आफूले १२ लाखको उखु उद्योगलाई बुझाए पनि अहिलेसम्म दुई लाख मात्रै भुक्तानी पाएको नगरप्रमुख यादवले गुनासो गर्नुभयो ।


उद्योगका प्रशासकीय प्रवन्धक वीरेन्द्रकुमार श्रीवास्तवले उखु किसानको भुक्तानीलाई अब नियमित बनाउने बताउनु भएको छ । उहाँले नेपाली उखु कम भएपछि भारतीय उखु ल्याएर उद्योग सञ्चालन गरिरहेको स्वीकार गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित