शनिबार, ०५ वैशाख २०८३

सहकारीमैत्री कानुन बनाइने

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सहकारीका बाधक कानुन संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। सहकारीसँग बाझिएका ४७ वटा ऐन, कानुन संशोधन गर्न सरकारले गृहकार्य गर्ने बताए। सहकारीमार्फत व्यवसाय गर्न विभिन्न बाधक पर्ने सबै कानुन संशोधन गरिने उनको भनाइ छ। 

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री आलेले सहकारी व्यवसाय सहज बनाउन बाधक देखिएका ४७ वटा ऐन संशोधन गर्न सरकारले सहजीकरण गर्ने उनको भनाइ छ। सहकारीमार्फत सम्मृद्ध नेपाल, सुखी नेपाली अभियान सार्थक बनाउन सकिने उनले बताए। 

‘अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुने छैन’ उनले भने। सहकारीमार्फत उद्योग, शिक्षा तथा विकास निर्माण गर्न आवश्यक नीतिगत व्यवस्था गरिने उनले बताए। राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीका माध्यमबाट उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यात गर्न सकिने उनले बताए। 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *