शुक्रबार, १० बैसाख २०७८

सिन्धुपाल्चोकमा अब ‘गाई भैंसी जोन’

Share via:
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोक जिल्लालाई गाई–भैँसी जोन बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्षसहित कृषि तथा पशुको उत्पादन तथा प्रवद्र्धन गर्न ‘जोन’ घोषणा गरी टेक्निकल गाइडलाईन निर्माण गर्न समितिले माथिल्लो तहमा सिफारिस गरेको हो । यस अधि जिल्लालाई मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जनाएको छ ।


समितिले मकै पकेट क्षेत्रलाई थप प्रवद्र्धन गर्दै दुध र आलु उत्पादनका लागि थप कार्याक्रम लागु गर्ने र त्यसपछि कफी, मासु र माछा उत्पादनका कार्यक्रम क्रमशः लागु गर्न सहमति जनाएको छ । किसानले प्रत्यक्ष र नियमित आम्दानी गर्ने दुध ब्यवसायलाई प्रवद्र्धन गरिनु आवश्यक रहेको चौतारा साँगाचोकगढी नगरपालिका–४ का अध्यक्ष चुडामणी नेपालले बताउनुभयो ।
जिल्लाबाट वार्षिक ९८ करोडको दुध निर्यात हुने आँकलन गरिएको छ । जिल्लालाई गाई–भैसी जो रुपमा दर्ज गराएपछि उत्पादनमा थप वृद्धि गरी दुधजन्य परिकार उत्पादनका कार्यक्रम सुरु गरिने इकाईका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो । मकै उत्पादनले वीउ, च्याख्ला, पीठो, दाना र खोस्टाको चकटी, झोला, टोपीलगायतका सामाग्रीले राम्रो बजार पाएको औल्याउँदै दुध उत्पादनमा एकीकृत योजना अनुसारकै प्रतिफल प्राप्त हुने मेलम्ची नगरपालिका प्रमुख डम्वर अर्यालले धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *