मंगलबार, १२ श्रावन २०७८

कसरी बनाउने कम्पोस्ट मल ?

Share via:
  •  
  •  
  •  
  •  
  •  

बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ ।
कम्पोष्ट मलका फाईदाहरू

१ बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तत्वहरू प्रदान गर्दछ ।
२ माटोको पानी शोश्ने क्षमता बढ्छ ।
३ माटोको भौतिक, रासायनिक र जैविक गुणलाई सुधार्छ ।
४ माटोमा हावा तथा पानीको आवागमन तथा निकास राम्रो हुन्छ ।
५ कम्पोष्ट मल माटोमा धेरै समय सम्म रहिरहन्छ ।
६ शूक्ष्म जिवाणुहरूको संख्यालाई बढाउँछ ।
७ आफुलाई पायक पर्ने ठाउँमा तयार गर्न सकिन्छ ।

कम्पोष्ट मल बनाउन प्रयोग गर्न सकिने बस्तुहरू
१ पराल, छ्वाली, उखुको पात आदि
२ झारपात, रूखबाट झरेको पात, कलिला बोटको डाँठ र जराहरू
३ मानिस तथा जनावरको मलमुत्र, गोबर आदि ।
४ तरकारी केलाएर फ्याँकिने बोक्राहरू ।
५ चुन, खरानी आदि ।
कम्पोष्ट मल बनाउने ठाउँको छनोट
१ सकभर खेतलाई पायक पर्ने ठाउँ अथवा खेतबारीको नजिक अलिकति अग्लो ठाउँ ।
२ रेखदेख पुग्ने ठाउँ ।

कम्पोष्ट मल बनाउने तरिका
१ खाडल खनेर
२ थुप्रो बनाएर

खाडल तरिका खडल तरिका उपयुक्त हुने अवस्था
१ पानी कम पर्ने
२ पानीको सतह कम भएका ठाउँहरूमा खाडलको साईज खाडलको साईज आवश्यकता अनुसार फरक फरक गर्न सकिन्छ तर गहिराई १ मिटरभन्दा बढी नगर्नु राम्रो हुन्छ ।

बनाउने तरिका
१ उपयुक्त नापको खाडल बनाइसकेपछि कम्पोष्ट बनाउनको लागि राखिएको वस्तुहरूलाई तह–तह पारी खाडलमा राख्ने ।
२ प्रत्येक तह धेरै बाक्लो नबनाई करिब ६ देखि १० इन्च सम्म बनाउनु पर्दछ ।
३ हरेक तह पिच्छे जोरनको रूपमा कम्पेलसाल, चुन, चल्टिको, माटो, पानी हाल्नुपर्दछ । माथिको चल्तिको माटोमा प्रशस्त जीवाणु हुन्छ । कृषि चुनले जीवाणुको गतिविधि बनाउँछ र अम्लियपन हुन बाट बचाउँछ ।
४ सामान भरीसकेपछि माटोले छोप्ने जस्ले झिंगा र दुर्गन्धबाट बचाउँछ र खाद्य तत्व खेर जान बाट बचाउँछ ।

मलको पल्टाई पहिलो पल्टाई
– सामान भरेको १ महिना पछि दोस्रो पल्टाई – पहिलो पल्टाईको १ महिना पछि तेश्रो वा अन्तिम पल्टाई – दोस्रो पल्टाई १.५ महिनापछि कम्पोष्ट पल्टाउँदा तह पिच्छे पानी छर्कने । पल्टाउँदा मल एकनासले पाक्ने हुन्छ ।

थुपार्ने तरीका यो तरिका उपयुक्त हुने अवस्था
१ वर्षातमा वा पानी बढी पर्ने ठाउँमा ।
२ पानीको सतह भएको ठाउँंमा ।
३ खाडल खन्नको लागि ज्यामी र समयको अभाव भएको ठाउँमा ।

बनाउने तरीका
१ खाडल नखनिकनै जमिन माथि थुपार्ने ।
२ खाडल तरिकामा जस्तै सोतर, झारपात, र जोरनको तह–तह राख्ने र पानी छर्कने ।
३ निश्चित उचाई करिब ( १ मिटर जति ) भएपछि माटोले लिप्ने जसले गर्दा नाइट्रोजन मल उडेर जान बाट बच्ने र दुर्गन्ध पनि नआउने हुन्छ ।
४ खाडल तरिकामा जस्तै १–१.५ महिनामा मल पल्टाउने ।
५ वर्षायाममा पानी बाट बचाउन छोप्ने वा छानोको व्यवस्था गर्ने ।

पाकेको मलको पहिचान
१ कुहाउन हालेको मल लतक्क मिलि काला देखिएमा ।
२ कुन चिजबाट बनाएको चिन्न नसकिने भएमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *