शुक्रबार, १६ चैत्र २०८०

लकडाउन बीच पनि चिया टिप्ने कार्य हुँदै

Share via:

कोरोना भाइरस र लकडाउनका कारण अघिल्लो वर्ष आफ्नो उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारीमार्फत सञ्चालित चिया प्रसोधन उद्योग तथा किसानहरुले यो वर्ष भने लकडाउनको समयमा अन्य समयको जस्तै निरन्तर चिया उत्पादन गरेका छन् ।

जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात गर्दै आएका धनकुटाका निजी र सहकारीमार्फत सञ्चालित चिया प्रशोधन उद्योगले निरन्तर स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेको चिया तथा कफी विकास बोर्ड हिलेका लेखापाल रामकुमार लिम्बुले जानकारी दिए ।

“कोरोना संक्रमणका कारण चिया उत्पादन घटाउनु परेको छैन, निरन्तर उत्पादन र प्रशोधन भइरहेको छ” उनले भने । धनकुटाका ५ हजार किसान परिवार चिया खेतीमा संलग्न रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेती हुने चिया तथा कफी विकास बोड धनकुटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित