सोमबार, ०५ फाल्गुण २०८१

धान बीऊ पाउन सकेनन् किसानले

जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् ।

यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, चोटिलो बर्खाले लहरे तरकारीका लहरा पहेँलिनु, फलफूल हावाहुरीले सोत्तर पारेर झार्नु र त्यसपछि धानको बीउ नपाएपछि मन कसरी अड्याउने भन्ने किसानको गुनासो छ ।

जेठ सकिनै लाग्दासम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानको आशङ्का छ । कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले सार्वजनिक यातायात बन्द भएर आवागमन ठप्प भएको बेला कृषि सामग्रीका बजार नखुल्दा अहिले धानको बीउ नपाएर किसानको पिरोलो बढेको हो । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञा पटकपटक थपिँदै चौथोपटक थपिएको अवधि जेठ मसान्तमा सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित