साढे १३ अर्ब बराबरको भदैया धान उत्पादन
बाराका कृषकहरुले आर्थिक वर्ष ०७८/०७९ मा खेती गरेको भदैया धान प्रति हेक्टर ४.५ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेमौसमी बर्षाको कारणले गर्दा प्रति हेक्टर दशमलव ३ मेट्रिकटनले क्षति भई प्रति हेक्टर ४.३ मेट्रिकटनले धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।
चालु आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कुल ५१ हजार १९१ दशमलव ५ मेट्रिकटनले धान उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताउनुभयो ।
साथै, बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिकटनले तीन हजार ५७१ दशमलव ५ मेट्रिकटन धान उत्पादनमा क्षति भएको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले यस वर्ष मोटो धान प्रति क्वीन्टल दुई हजार सात सय कायम गरेकोमा यस वर्ष १३ अर्ब ५० करोड २१ लाख ७० हजार पाँस सय बराबरको ५१ लाख १९१ दशमलव ५ मेट्रिकटनले भदैया धान उत्पादन भएको छ भने, बेमौसमी वर्षाको कारण नौ करोड ६४ लाख ३० हजार पाँच सय बराबरको तीन हजार ५७१ दशमलव ५ मेट्रिकटन धानमा क्षति भएको छ ।