लुम्बिनी प्रदेशले माग्यो ठूलो संख्यामा कृषिमा कर्मचारी
लुम्बिनी प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४ सयभन्दा बढी कर्मचारी माग गरेको छ।
मन्त्रालयले शुक्रबार बिहान सूचना जारी गरी वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करार सेवामा ४३६ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।
मन्त्रालयले प्रदेशका सबैजसो जिल्लाका लागि नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक मागेको छ।
इच्छुक र योग्य नागरिकलाई १५ दिनभित्र दरखास्त दिन मन्त्रालयले भनेको छ।

Facebook Comments