आइतबार, ०९ चैत्र २०८१

चिनी उद्योगमा उखु अभाव हुँदै

उखुको उत्पादन घट्दै गएपछि पश्चिम नवलपरासीका चिनी उद्योगहरुले उखुको अभाव झेल्दै आएका छन् ।

१२ लाख क्युन्टल उखु क्रसिङ् गर्ने क्षमता भएको पश्चिम नवलपरासीको लुम्बिनी चिनी मिलले उखु अभावका कारण यस वर्ष तीन लाख क्युन्टल मात्र उखु क्रसिङ्ग गरेको  लुम्बिनी चिनी उद्योगका प्रमुख प्रशासकिय अधिकृत केशव आचार्यले बताउनुभएको छ ।

चीन सरकारको अनुदानमा १८ वर्ष पहिला निर्माण भएको लुम्बिनी चिनी उद्योग निजीकरणपछि अहिले जीर्ण अवस्थामा रहेकाले मर्मत सम्हार गरि यस वर्ष पुनः सञ्चालनमा आएको हो । तीन वटा चिनी उद्योग भएको नवलपरासी जिल्लामा यस वर्ष दुई चिनी उद्योग मात्र सञ्चालनमा आएका छन् ।

चिनी उद्योग सञ्चालक र उखु उत्पादक किसानबीचको सम्बन्धमा समस्या आएपछि पश्चिम नवलपरासीका किसानहरुले उखुको उत्पादन छाडेर अन्य खेतीतर्फ लागेका छन् । किसानहरु अन्य उखुको खेती छाडेर अन्य खेतीतर्फ लागेपछि नवलपरासीमा चिनी मिल सञ्चालक नै समस्यामा पर्दै आएका छन् ।

चिनी उद्योग सञ्चालकहरुले उखु उत्पादक किसानहरुलाई समयमा भुक्तानी नदिँदा किसानहरुले उखुको खेती गर्न छाड्दै गएका छन् । जसका कारण लुम्बिनी चिनी उद्योगले पछिल्लो वर्षदेखि किसानहरुलाई उखु उत्पादनमा सहयोग गर्नका लागि उखुको बीउ वितरण गर्दै आएको छ ।

जिल्लामा किसानहरुले मुख्य रुपमा दक्षिणी भागमा व्यवसायिक रुपमा उखुको खेती गर्दै आएका थिए । तर, पछिल्ला पाँच–सात वर्षदेखि चिनी उद्योगहरुले किसानको उखुको पैसा

समयमा भुक्तानी नगर्दै किसानहरुले क्रमशः उखु खेती छाडेर अन्य खेतीतर्फ लागेका छन् । जसका कारण यो वर्ष जिल्लाका चिनी उद्योगहरु सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको उखु कृषक समितिका नवलपरासीका अध्यक्ष गुप्ताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित