आइतबार, ०६ वैशाख २०८३

नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । 

इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गर्न लागेको हुँदा बढीभन्दा बढी लगानी गर्न आग्रह गर्नुभयो । उहाँले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुन सक्ने धारणा राख्नुभयो । 

बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिव अधिकारी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *