राम्रो मूल्य पाएपछि धानको धमाधम बिक्री हुँदै
सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि नेपालगंजमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यलयमा किसानको भीड बढेको छ ।
धान बिक्री गर्न किसान राती १ बजे देखि नै लाईनमा बसेका हुन् । यस वर्ष नै सरकारले धानको मूल्य निर्धारण गरेरै खरिद पक्रिया सुरु गरि निश्चित कोटा पनि बनाएकाले किसानको भीड बढेको हो ।
ट्रयाकटरमा धान ल्याउने किसानले दुई तीन दिन पछि मात्र पालो पाउने गरेका छन् । गाउँमा व्यापारीले दिने मूल्य भन्दा सरकारले प्रति क्विन्टल ३ सय रुपैयाँ बढी दिएपछि गाउँमा धानको खरिद बिक्रि प्रक्रिया कम भएको छ ।
लिमिटेडले धानको खरिदलाई भनेर मोटो र मध्यम किसिमको गरि दुई छुट्टा छुट्टै ग्रेड बनाएको छ । लिमिटेडले ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा बनाएर गत कार्तिक २७ गते देखि खरिद प्रक्रिया सुरु गरेको हो ।
किसानहरुले मोटो धानको २५३२.८० रुपैयाँ र मध्यम धानको २६७३.१६ मा लिमिटेडलाई बिक्रि गर्न पाएका छन् ।