सोमबार, २१ माघ २०८१

मकैलाई नष्ट बनायो फौजी किराले

सर्लाहीमा एक पछि अर्को बालीमा फौजी किराले नोक्सान पुर्याउन थालेको छ । किसानले लगाएको हिउँदे बालीमा अहिले जताततै फौजी किराको आक्रमण भेटिएपछि किसान चिन्तित बनेका हुन् ।

व्यवसायिक रुपमा मकै खेती हुने जिल्ला शंकरपुर, राजघाट, हजरिया, मुर्तिया, जानकीनगर, पत्थरकोट लगायतको क्षेत्रमा फौजी किराको प्रकोप बढेको पाईएको हो ।

कृषि विज्ञको सल्लाहमा किसानले विषादी प्रयोग गर्दा समेत कीराको प्रकोप नियन्त्रणमा नआएको लालबन्दि नगरपालिकाका किसानहरुले बताए ।

खेतको मकैको पात कीराले खाएर आधासरो ठुटो पारेको किसानहरु बताउँछन् । फौजी किराले यस अघि बर्खे मकै र धानबालीमा पनि ठूलो नोक्सान पुर्याएको थियो ।

बरहथवा नगरपालिकाका किसान लाल बहादुर पाख्रिनले चारपटक विषादी छर्दा समेत कीराले मकैमा आक्रमण गर्न नछोडेको पाईएको छ ।

कृषि ज्ञान केन्द्र, सर्लाहीका प्रमुख देवानन्द राय यादवले तरकारी र हिउँदे बालीमा अहिले व्यापाक मात्रामा फौजी किराको प्रकोप रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *