मंगलबार, ०६ माघ २०७७

आर्थिक वर्षको सुरुको ४ महिनामै २७ अर्ब बढीको कृषिजन्य वस्तु आयात

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा २७ अर्बको कृषि जन्य वस्तु निर्यात

भएको जनाएको छ । धान, मकै, गहु, प्याज, आलु, तेल, ताजा तरकारी, स्याउ, केरा, आँप लगायत कृषि जन्य वस्तुको आयात राज्यको

ठूलो रकम बाहिरिएको हो । बजारीकरणको अभाव, नीति, उत्पादन लागत लगायत विविध कारणले कृषि जन्य वस्तुको ठुलो परिमाण

चालु आर्थिक वर्षको सुरुको चार महिनामा नै भित्रिएको हो ।

 

 

नेपालमा भारत लगायत बाहिरि मुलुकबाट हुने आयात निर्यात भन्दा धेरै नै बढी रहेको छ । २७ अर्बको कृषि जन्य वस्तु बाहिरिदा एकदमै

थोरै मात्रामा ३ अर्बको मात्रा अलैंची, चिया, कफी, अदुवा,  र ताजा तरकारी जस्ता वस्तुहरु बाहिरिएका हुन् ।

 

चालु आर्थिक वर्षमा धानमा नक्कली बीउ , फौजी किरा लगायतले उत्पादन घटाएको छ । कृषि अनुदान कार्यक्रम प्रभावकारी नहुँदा

आफन्तजनलाई कार्यक्रम पर्न गएको छ । आलु, ताजा तरकारी, प्याज, स्याऊ, केरा जस्ता कृषि जन्य वस्तु छिमेकी देश भारतबाट

नेपाल भित्रिने गरेको छ भने कुखुराको दाना बनाउन प्रयोग हुने मकै ब्राजिल, अर्जेन्टिना लगायतका देशबाट पनि आयत भएको पाईएको छ ।

प्याजको उत्पादनमा कमि आउनाले भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा प्याजको आयात घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *