शुक्रबार, १६ चैत्र २०८०

जुट उद्योगलाई आवश्यक कच्चा अभाव

Share via:

 

सुनसरी – मोरङ औद्योगिक करिडोरमा सञ्चालित ६ वटा उद्योगका लागि वार्षिक ९० हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्दछ । चालु अवस्थामा रहेका उद्योगलाई आवश्यक कच्चा जुटको आन्तरिक उत्पादन १६ हजार मेट्रिकटन मात्रै छ ।

करिडोरमा बाबा, अरिहन्त, स्वस्तिक, रघुपति, नेपाल र चन्द्रशिव जुट मिलले आवश्यक कच्चा भारत र बङ्गलादेशबाट आयात गर्दै आएका छन् । बाबा जुट उद्योगका सञ्चालक एवं मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार अहिले पनि १२ हजारलाई रोजगारी दिइरहेको जुट उद्योगले आन्तरिक कच्चाको खपत गर्न पाएका छैनन् ।

नेपालमै कच्चा जुट उत्पादनमा ध्यान नपुग्दा त्यसको असर राष्ट्रिय अर्थतन्त्रमा पनि नकारात्मक देखिने अध्यक्ष मुन्दडाको भनाई छ । कच्चा आयात गरेर जुटका सामान निर्यात गर्दा सरकारले अनुदान दिए पनि उत्पादनका लागि किसानमा लगानी गर्ने प्रभावकारी संयन्त्र बनाउन नसक्दा लाभ लिनुपर्ने क्षेत्रबाट नोक्सान बेहोर्नु परिरहेको उहाँको बुझाई छ ।
वातावरणीय दृष्टिकोणले सकारात्मक मानिने जुट खेतीले किसान–उद्योग र मजदुरबीचको त्रिपक्षीय सम्बन्धलाई जोड्ने गर्दछ तर, क्रमशः खेतियोग्य जमिनबाट जुट बाली विस्थापित हुदाँसमेत संरक्षण र प्रवर्द्धनका कार्यक्रम बन्न सकेका छैनन् । आजको गोरखापत्र दैनिकबाट  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित