सोमबार, १२ माघ २०७७

पोल्ट्री व्यवसायमा मौलाएको ‘सिन्डिकेट’

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

कुखुराको मासु उपभोक्ताले बिरलै उधारो खान्छन् । मासु उत्पादन गर्ने किसानले सहजै कुखुरा बेचेको पैसा पाउँदैनन् । चल्ला, दाना र औषधिमा व्यापारिको सुरुमै लगानी हुने हुँदा यस बीचमा बिचौलियाले पैसा ‘होल्ड’ गर्दा उधारोको दलदलबाट नेपाली किसान निस्कनै सकेका छैनन् ।

केही मुठ्ठीभरका व्यापारिको हातमा सिंगो पोल्ट्री क्षेत्र भएकाले राज्यले हस्तक्षेपकारी भूमिका खेल्नु आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य हरिशरण दाहाल बताउनुहुन्छ । ‘कुखुरामा नसोचेको सिण्डिकेट छ, नेपालभरमा पाँच-सता जना व्यापारिको नियन्त्रणमा सिंगो क्षेत्र पीडित बनेको छ’ दाहालले बताउनुभयो । उहाँका अनुसार केही व्यापारिसँग दाना, चल्ला, औषधि र कोल्डस्टोर समेत आफ्नै भएकाले चल्लाको मूल्यदेखि मासुको मूल्यसम्म आफैले निर्धारण गर्ने गरेका छन् ।

सरकारले समेत प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको उहाँको तर्क छ । उहाँले सरकारी अनुगमन गर्ने निकायले कर्मचारीको अभाव देखाएर नियमित अनुगमन समेत गर्न सकेको छैन । दाहाल भन्नुहुन्छ सरकारी संयन्त्र बलियो बनाएर मासु, दानाको र चल्लाको साप्ताहिक रुपमा बजार भाउ सार्वजनिक गरेपछि मात्रै पोल्ट्री क्षेत्रको सिण्डिकेटको अन्त्य हुन्छ ।

चल्ला किनेको बेलादेखि कुखुरा बेच्ने समयसम्म सिण्डिकेटको दलदलबाट किसानमाथि उम्कन सकेका छैनन् । किसानसँग लगानी गर्ने पैसा छैन, सरकारले लगानी गरिदिदैन, व्यापारिको लगानी सुरुबाटै भएकाले कुखुरा व्यवसायभित्र डरलाग्दो सिण्डिकेट मौलाउँदै गएको छ । जसको कारण कुखुरा उत्पादन गर्ने किसान कमजोर, बिचौलिया र व्यापारि मोटाउँदै गएका छन् । बजारमा बिचौलियाको दबदबा बढेसँगै किसान र व्यापारिबीच सेतूको काम पोल्ट्री व्यवसायी मञ्चले गरे पनि त्यो प्रभावकारी बन्न भने सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *