बिहिबार, १५ चैत्र २०८०

प्याजको मुल्य घट्दा लसुनको मुल्य उच्च बन्दै

Share via:

 

बजारमा पछिल्लो समय उच्च मूल्य कायम रहँदै आएको प्याजको मूल्य घट्दै गर्दा अर्कोतिर लसुनको भाउ भने विस्तारै उकालो लाग्न थालेको छ । भारतीय बजारमा प्याजको मुल्य उकासिए संगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्दै आएको थियो ।

गत असोज देखि बजारमा प्याजको मूल्य उच्च भई १८० रुपैयाँ सम्मको भाउ रहेकामा पछिल्लो केहि दिन देखि ७३ रुपैयाँ घटेको छ भने लसुनको मूल्य उच्च हुन थालेको पाईएको छ ।

कालीमाटी तरकारी बजारमा हाल आएर दैनिक ६० देखि ६५ तँ भारतीय प्याज भित्रिएको छ । उपत्यकामा प्याजको माग १२० टन रहेको छ ।

यता भारतीय बजारबाट प्याज आउन थाले संगै चीनबाट नेपालमा आयात हुने लसुन नेपाल आउन छोडे संगै नेपाली बजारमा लसुनको भाउ उच्च हुन थालेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित