शनिबार, ०८ बैसाख २०८१

गोलभेडाको मुल्य प्रतिकिलो १० रुपैयाँ

Share via:

 

बजारमा गोलभेडाको मूल्य निरन्तर रुपले ओरालो लागे संगै सर्लाहीका किसानहरु चिन्तित बनेका छन् । देशमै सबैभन्दा बढी गोलभेडा उत्पादन हुने सर्लाहीमा गोलभेडाको मुल्य प्रतिक्रेट २०० देखि २५० सम्म मात्रै बिक्रि हुँदा कृषकहरु मर्कामा परेका छन् ।

एक क्रेटमा २२ देखि २५ किलो जाने गोलभेडाको भाउ प्रतिकिलो जम्मा १०/१२ रुपैयाँका दरले २०० देखि २५० मात्र आउने भएपछि कृषकहरु अतालिएका छन् ।

किसानको खेतबाट सस्तैमा उठ्ने गोलभेडा स्थानीय बजारमा आईपुग्दा प्रतिक्रेट १ हजार २ सय देखि १ हजार ४ सय सम्म पर्ने गरेको छ । अहिले गोलभेडा उत्पादन गर्दा लाग्ने लागत नै नउठ्ने भएको पिडित किसानहरु बताउँछन् ।

व्यापारीले ठुलो मात्रामा गोलभेडा बजारमा भित्रिएको हुनाले गोलभेडाको भाउमा भारी गिरावट आएको बताउँछन् ।

गत पुष र माघमा हुस्सुले गर्दा गोलभेडा उत्पादनमा कमि आएपनि पछिल्लो क्रममा घाम लाग्न थालेपछि गोलभेडा उत्पादनको वृद्दि भई किसानको गोलभेडाले उचित बजार नपाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित