राजधानीका यी स्थानमा तरकारीको थोक बिक्रि केन्द्र संचालन हुने

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले कालीमाटी र बल्खुका तरकारी तथा फलफूल बजारको सट्टा राजधानीका विभिन्न ११ छुट्टाछुट्टै स्थानबाट बिक्रि केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं जिल्लाका प्रमुख जनकराज दाहालको अध्यक्षतामा सोमबारको बैठकले सो निर्णय गरेको छ ।
बल्खु र कालीमाटी बाहेक अब रत्नपार्क, लैनचौर, कोटेश्वर, तीनकुने, गोपीकृष्ण, बसुन्धरा, गोंगबु, वनस्थली, स्वयम्भू, बाफल, कलंकी गरी १ स्थानमा तरकारी र फलफूलको थोक बिक्रि केन्द्र निर्माण हुने भएका छन् ।
बिक्रि केन्द्रको संचालन र समन्वय कालिमाटी फलफूल तथा तरकारी व्यवस्थापन विकास समितिले गर्ने भएको छ ।