शुक्रबार, ०७ बैसाख २०८१

कृषिमा कोरोना प्रभाव : कतै तरकारी बोकेर बिक्रि गर्न त कतै चल्ला मार्दै किसान

सांकेतिक तस्बीर

Share via:

 

कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण देशभरका किसानले तरकारी, फलफूल, दूध तथा कुखुरा नष्ट गर्नुपरेको छ । किसानले कुखुरा खाल्टोमा हालेर नष्ट गर्न बाध्य भएका छन्, केरा नदीमा समेत बगाएका छन् । आत्मनिर्भर हुन लागेको डेरी उद्योगमा ८० प्रतिशतले खपत घट्दा किसान, सहकारी र उद्योगी दूध नष्ट गर्न थालेका छन् । तरकारी बिक्री नभएपछि किसानले बारी जोतेर नष्ट गर्दै छन् ।

काँक्रोबारीमा ट्याक्टर

चितवन/लकडाउनका कारण तरकारीले बजार नपाएपछि चितवनका किसानले बारीमा ट्याक्टर लगाएर नष्ट गरेका छन् । भरतपुर महानगरपालिका–१६, ब्रह्मपुरका झन्डै ८० भन्दा बढी किसानले खेतमा नै ट्याक्टर लगाएको स्थानीय किसान जनक पाठकले बताए । त्यस क्षेत्रका किसानहरूले मंसिर अन्तिम हप्ता काँक्रो लगाएका थिए । अहिले उत्पादन बढी आउने समय हो ।

 

किसानले तरकारी बेच्न पाएनन्

वीरगन्ज/सरकारले गरेको लकडाउनका कारण बारीमा परवल, बोडी, हरियो मार्चा, लौका, घिराैंला, भिन्डी, काँक्रो र काउली बेच्नका लागि तयार भए पनि बेच्न नपाउँदा समस्या भएको उनीहरूले गुनासो गरेका छन ।

 

३ दिन तरकारी बोकेर ग्राहक खोज्दै जाजरकोटका कृषक

जाजरकोट/भेरी नगरपालिका–१ कालेगाउँका कृषकहरू यातायातका साधन नचल्दा घन्टाैं तरकारी बोकेर सदरमुकाम पुग्ने गरेका छन् । ९ बजेपछि स्थानीय प्रशासनले आवतजावतमा कडाइ गरेका कारण उनीहरू सस्तैमा भए पनि तरकारी बिक्री गरेर फर्किने गरेका छन् ।

 

देशभर ४१ लाख चल्ला र अन्डा नष्ट कतिपय किसानले सित्तैमा बाँडे कुखुरा 

चितवन/चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हालेर नष्ट गरेका छन् । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ३५ लाख ब्रोइलर, २ लाख लेयर्स, ४ लाख कलर ब्रोइलर गरी ४१ लाख अन्डा र चल्ला नष्ट गरिएको छ । नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २१ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको पोखरेलले बताए ।

 

बिक्री नभएपछि कुखुरा मार्दै किसान

पाल्पा/कुखुरा बिक्री नभएपछि रैनादेवी छहरा गाउँपालिकाका २ किसानले ६ हजार कुखुरा मारेर खाल्टामा पुरेका छन् । बिक्री गर्न तयार भएका कुखुरा आधा सस्तोमा दिँदासमेत नबिकेपछि मार्न बाध्य भएको हाइलाइट मरासिनी कृषि तथा पशुपक्षी फर्म छहरा गाउँपालिका–३ भुवन पोखरीका सञ्चालक वेदप्रसाद मरासिनीले बताए ।  नयाँ पत्रिका दैनिकबाट।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित