शुक्रबार, १६ चैत्र २०८०

किसानले दिए प्रहरीलाई खीर खान दूध

Share via:

 

दाङका किसानले प्रहरीलाई खीर खान भन्दै दूध दिएका छन्।

राष्ट्रिय पशुपालक दुग्ध उत्पादन समाज नेपाल तुलसीपुर नगर समिति दाङले प्रहरीलाई एक सय ६० लिटर दूध दिएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर किसानले एक सय १० लिटर र सशस्त्र प्रहरी वेश क्याम्प दोघरेमा पुगेर ५० लिटर दुध शनिबार दिएको नगरसमिति अध्यक्ष लोकराज डाँगीले बताए।

‘लकडाउनमा प्रहरीहरू दिनरात खटिरहेका छन्। सुरक्षाकर्मीको मनोवल बढोस् भनेर हामीले दूध दिएका हौं,’ उनले भने। दुध विक्री गर्न लकडाउनका बेला पनि प्रहरीले रोकेको छैन।

दूध बोकेर प्रहरी कार्यालयमा समिति सचिव देवराज भण्डारी, कोषाध्यक्ष चन्द्रबहादुर डाँगीलगायत १४ जना किसान पुगेका थिए।

किसानले प्रहरीलाई दूध दिएको उक्त कार्यक्रममा तुलसीपुर उमहानगरका मेयर घनश्याम पाण्डे पनि पुगेका थिए। पाण्डेले विपदको घडीमा सबैले हातेमालो गर्नुपर्ने बताए।

इप्रका तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले किसानले खिर खानु भन्दै कार्यालयमै आएर दूध दिएको बताए।

‘राम्रो तरकारीसमेत खान नपाएको बेला, किसानले दूध उपलब्ध गराउँदा खुसी लागेको छ,’ उनले भने। किसानले आइतवार ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई पनि खिर खानका लागि दूध उपलब्ध गराएका थिए।

 

शनिवार किसानले खीर खान दिएको दूधको बजार मूल्य ११ हजार दुई सय बराबर हो। सेतोपाटीबाट लिईएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित