शुक्रबार, ०७ बैसाख २०८१

सयौं रोगको अचूक औषधी हो गाईको गहुँत (जान्नुहोस्)

Share via:

गाईको दूध अत्यन्तै पोषिलो हुने त सबैलाई थाहा भएकै कुरा हो । स्थानीय जातका गाईका धेरै विशेषताहरु पनि छन्, जसका कारण स्थानीय गाईको दूध, दही तथा घ्यूको माग दिनानुदिन बढ्दो छ । गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाटै पुष्टि भैसकेको छ । गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका हुन् । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गरेको थियो । इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा. शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयाघातका समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गरेका छन् अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको स्थानीय गाईको अध्ययनमा लाग्नुभएका गोव्रती योगी सोमराज बताउँछन् । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित