शुक्रबार, ०७ बैसाख २०८१

असिनाले खेतबारीमा ठुलो क्षतिमा

Share via:

 

बैतडीका विभिन्न स्थानमा मंगलबार दिउँसो परेको असिनाले गहुँबाली र तरकारीबालीमा ठूलो क्षति पुर्‍याएको छ । पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा  क्षति पुर्‍याएको स्थानीय रामबहादुर धानुकले जानकारी दिए । भित्र्याउनै लागेको गहुँसहित तरकारी बालीमा समेत असिनाले ठूलो क्षति पुर्याएको उनले बताए ।

‘बारीमा लगाएको गहुँबाली असिनाले पूरै नष्ट गरेको छ । एकातिर कोरोनाको कहर छ । अर्कोतिर असिनाले बालीमा क्षति पुर्यायो ’कासी लुहारले भने, ‘परिवार के ले पाल्ने भन्ने चिन्ताले परोलेको छ।’

बालीमा असिनाले क्षति पुर्‍याएपछि किसानहरु भोकमरी लाग्ने चिन्तामा छन्। पुर्चौंडीका स्थानीय अर्जुन लुहारले पनि असिनाले गहुँ बाली पुरै नष्ट गरेको गुनासो गरे।

असिनाले गहुँबाली, फलफूल र तरकारीमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । करिब २ फिट बाक्लो असिना परेको भन्दै स्थानीय राजेन्द्र भट्टले आफूले अहिलेसम्म यति धेरै असिना परेको नदेखेको बताए । आजको अन्नपूर्ण दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित