बुधबार, २८ कार्तिक २०८१

प्रादेशिक कृषि दर्पणका लागि कृषि विकास निर्देशनालय विराटनगरको सूचना

Share via:

 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ ले कृषि गतिविधिलाई समेटेर प्रादेशिक कृषि दर्पण गर्ने भएको छ । कृषि विकासमा टेवा पुर्याउने उद्देश्यले प्राविधिक, सामाजिक, आर्थिक पक्षलाई समेटेर पत्रिका प्रकाशन गर्न लागेको निर्देशनालयका कृषि अर्थ विज्ञ विवेक आचार्यले जानकारी दिनु भएको छ ।

मौलिक अध्ययन, अनुसन्धानको नतिजा एवम खोजमूलक कृषि गतिविधिमा आधारित लेख देखि कृषि सम्बन्धि कविता, छोटा लेख एवम सफलताका कथाहरु लेखेर जो सुकैले पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ ।

निर्देशनालयले प्रकाशित गरेको सूचना पूर्ण भाग तल पढ्न सक्नुहुनेछ

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, प्रदेश नं. १ विराटनगरद्वारा प्रादेशिक कृषि दर्पण प्रकाशन गर्न लागिएको हुनाले लेख रचनाका लागी आव्हान गरिएको छ ।तलका सर्तहरुमा रहि २०७७ बैशाख १५ गते सम्म आफ्ना लेख रचना पठाउनुहुन अनुरोध छ ।

लेखहरु पठाँउदा ध्यान दिनु पर्ने कुराहरु

  • यस पत्रिकामा नेपाली भाषामा लेखिएको कृषि प्रविधिमा आधारित साथै कृषि विकासमा टेवा पुग्ने प्राविधिक, सामाजिक, आर्थिक पक्षको विश्लेषणात्मक रचनालाई उचित स्थान दिईने छ ।

 

  • यस पत्रिकामा जो कोहीले आफ्ना लेख रचना पठाउन सकिन्छ ।

 

  • लेखहरु पठाउँदा कालिमाटी फन्ट (१२ पोइन्ट) मा टाइप गरिएको र चारैतिर १/१ ईन्च छोडेर १००० देखि २५०० शब्दमा लेखिएको हुनुपर्दछ र सो लेखलाई कृषि विकास निर्देशनालयको Website: doad.p1.gov.np को Submit Article Section बाट आवश्यक विवरण भरेर अपलोड गर्नु पर्नेछ। हस्त लिखित लेखहरु लिईने छैन ।

 

  • उपयोगी अनुदित लेखलाई पनि स्थान दिईनेछ, तर मुल लेखकको नाम र किताबको नाम पनि उल्लेख भएको हुनुपर्दछ। आधार लिईएको लेख भए सो पत्रिका वा किताबको नाम साभार गर्नु पर्दछ तर अन्यत्र प्रकाशित लेख हुवहु प्रकाशित गरिने छैन।

 

  • लेखलाई उपयुक्त फोटो पठाएमा त्यसलाई समेत समावेश गरी लेखहरु प्रकाशित गरिनेछ।

 

  • लेखकको नाम, पद, आफु कार्यरत कार्यालय, ठेगाना र ईमेल स्पष्टसँग उल्लेख हुनुपर्दछ। उक्त विवरणहरु पूर्ण नभएमा लेख छापिने छैन। साथै आफ्नो PP साइजको फोटो पनि पठाउन सकिनेछ ।

 

  • लेखकले लेख प्रकाशित भए वापत उचित पारिश्रमिक पाउने छन् र पारिश्रमिक लेख प्रकाशित भएको सोही आर्थिक वर्ष भित्रमा सम्बन्धित बैंक खातामा जम्मा गरिदिइनेछ।लेख रचना संगै आफ्नो बैंक खाता विवरण अनिवार्य रुपमा पठाउनु पर्नेछ ।

 

  • यस पत्रिकामा प्रकाशित लेखहरुको आंशिक वा पूर्ण भाग जो कोहीले पनि प्रकाशन गर्न पाउनेछ, तर पत्रिकालाई सन्दर्भ सामाग्रीको रुपमा निर्दिष्ट गर्नु पर्नेछ ।

 

  • पठाईएका लेखहरु छाप्ने, नछाप्ने वा केही परिमार्जन गरी छाप्ने सम्पूर्ण अधिकार सम्पादक मण्डलमा निहित रहनेछ र माथि उल्लेखित मापदण्ड पूरा नभएको लेख छाप्न सम्पादक मण्डल बाध्य हुने छैन।

 

  • लेख प्रकाशन भएको जानकारी र पत्रिकाको प्रति लेखकको ईमेल ठेगानामा पठाइनेछ र यस पत्रिकाका लागि पठाइएका लेख रचना एक आ.व. सम्म निर्देशनालयसँग रहनेछन् र एक आ.व. भित्र विभिन्न अङ्कहरुमा प्रकाशित हुन सक्नेछ ।

 

  • अप्रकाशित रहेमा लेख रचना फिर्ता दिन सम्पादक मण्डल बाध्य हुने छैन ।

 

  • यस पत्रिकामा प्रकाशित लेख, रचना आदिको विषय तथा विचारहरु लेखकको निजी हुने भएकोले यसमा सम्पादक मण्डल तथा कृषि विकास निर्देशनालय, प्रदेश नं १ जवाफदेही हुने छैन।

 

  • अन्य केहि वुझ्नु परेमा doadp1planning@gmail.com मा ईमेल गर्न सकिनेछ ।

 

लेखहरुको प्रकार

  • मौलिक अध्ययन र अनुसन्धानको नतिजा र खोजको आधारमा कृषि विकासको विभिन्न पक्षमा सहयोग पुर्याउने लेख
  • सन्दर्भको आधारमा तयार पारिएको लेख
  • अनुभव एवं सफलताको आधारमा तयार पारिएको लेख
  • कविता, कृषि गतिविधि र अन्य छोटा लेखहरु
  • पुस्तिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *