शनिबार, ०४ बैसाख २०७८

झापाबाट तरकारी ल्याउन प्रतिबन्ध

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

झापामा पनि कोरोना संक्रमण देखिएपछि झापाको बिर्तामोड हुँदै ताप्लेजुङ आउने तरकारी तथा फलफूलमा प्रतिवन्ध लगाउने तयारी गरिएको छ ।

सन्त्रास थप भयभित बनेपछि जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले झापा हुँदै ताप्लेजु भित्रने फलफूल र तरकारीमा प्रतिवन्ध लगाउने तयारी गरेको हो । यसबारेको निर्णय शनिवार लिइने जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए । उनले ताप्लेजुङ भित्रै र छिमेकी पाँचथरको वल्लो भागमा उत्पादित तरकारीजन्य उत्पादन आयात गर्न सकिने जानकारी दिए । तरकारी र फलफूलजन्य उत्पादन ल्याउने सवारीलाई अवरोध नभएकोले यहिँ उत्पादन भएको तरकारीबाली प्रयोग गर्न सकिने उनको भनाई रहेको छ ।

अहिले यहाँ झापाको बिर्तामोड हुँदै भारतसहितका स्थानबाट आयातित तरकारीबालीको उपभोग हुँदै आएको छ । किसानहरुले आफ्नो तरकारीबालीले बजार नपाएको गुनासो गरिरहेका बेला स्थानीय उत्पादनलाई बिशेष महत्व दिने गरी झापा भएर भित्रने तरकारी तथा फलफूलमा प्रतिवन्ध लगाउने तयारी भएको मादेनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *