शनिबार, ०८ बैसाख २०८१

च्याऊ सुकुटी बनाएर बेच्दै कृषकहरु

Share via:

किसानले उत्पादन खेर नजाओस् भनेर च्याउको सुकुटी बनाए पनि बिक्री गर्न बजार नपाएको गुनासो गरेका छन् । लकडाउनका कारण उत्पादित ताजा च्याउले बजार पाएको छैन । बिक्रीको विकल्पमा उनीहरूले सुकुटी बनाएर राखे । तर सुकुटी पनि खेर जाने हो कि भन्ने चिन्ता रहेको किसान बताउँछन् ।

अछामको मंगलसेन नगरापालिका–५ स्थित दुर्गा कृषि च्याउ उत्पादन केन्द्र र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमिल्सिना च्याउ फार्मले बढी भएको च्याउको सुकुटी बनाएर राखिरहेका छन् ।

दुर्गा कृषि च्याउ केन्द्रका गुमानसिंह बटालाले अहिलेसम्म ४६ क्विन्टल च्याउको सुकुटी बनाइसकेको जानकारी दिए । १० किलो च्याउ बराबर एक किलो सुकुटी हुने उनको भनाइ छ । त्यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमिल्सिना च्याउ फार्मका सञ्चालक सीताराम तिमल्सिनाले पनि ७० केजी च्याउको सुकुटी बनाएर राखिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित