बुधबार, २८ कार्तिक २०८१

फूल फालेर मल बनाउनुको सट्टा यस्तो गर्दैछन् कृषकहरु

Share via:

 

फूल फालेर मल बनाउनुभन्दा बाटोमा हिड्ने बटुवा र अस्पतालका बिरामीलाई पुष्प व्यवसायीहरुले बाड्न थाल्नु भएको छ । अस्पतालमा रहेका बिरामीलाई फूल दिएर उनीहरुमा हौसला बढाउने प्रयासमा नेपालका पुष्प व्यवसायीहरु लाग्नु भएको हो ।

समय फूल फूल्ने मुख्य सिजन हो । फूल फाल्नुभन्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, बिरामी तथा कुरुवाहरुलाई फूल दिन सुरु गरेपनि यसमा समेत कोरोनाको जोखिम बढ्ने चिकित्सकले बताएपछि उहाँहरुले अहिले फूलेको फूल टिपेर गाड्न थाल्नु भएको हो । एक सातासम्म व्यवसायीहरुले पायक पर्ने अस्पताल, हिडेरै गाउँसम्म पुग्ने बटुवाहरुलाई निशुल्क फूल दिने गर्नुभएको थियो । तर कोरोनाको जोखिम उच्च भएको चिकित्सकले सुझाब दिएपछि उहाँहरुले फूल टिपेर गाड्न थाल्नु भएको हो ।

नेपालमा पुष्प व्यवसायमा छ सयभन्दा धेरै व्यवसायीले लगानी गर्नु भएको छ । नेपालमा अहिले फूल फूल्ने मुख्य सिजन हो । पुष्प व्यवसायमा नेपालमा मात्रै १४ हजारले रोजगारी पाउनु भएको छ भने दैनिक दुई करोड रुपियाँको फूल नेपालमा उत्पादन हुने फ्लोरीकल्चर एशोसिएन नेपालका अध्यक्ष कुमार कसजुले बताउनुभयो । नेपालमा पुष्प व्यवसायमा पाँच अर्बभन्दा धेरैको लगानी छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि देश लक डाउन भएको अवस्था छ । देश लक डाउन भएसँगै यसको प्रभाव विभिन्न ठाउँमा देखिएको छ । लक डाउनले गर्दा पुष्प व्यवसाय संकटमा परेपनि फूललाई पुरेर मल बनाउनुभन्दा घरघरमा लगेर सजाउने होस भन्ने उदेश्यले नेपालका प्रमुख शहरका व्यवसायीले सकृयता देखाएका छन् ।
यस वर्ष पुष्प व्यवसायबाट करोडौको घाटा हुने एशोसिएसनका काभ्रेपलाञ्चोकका उपाध्यक्ष भेषराज दनुवारको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *