बिहिबार, १५ चैत्र २०८०

रासायनिक मल पर्याप्त रहेको सामग्री कम्पनीको भनाई

Share via:

 

जिल्लामा आवश्यक पर्ने रसायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । धान, मकै र अन्य खेती किसानीका लागि आवश्यक पर्ने अनुदानको रसायनिक मल अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । लमही, घोराही र तुलसीपुरमा हाललाई पर्याप्त मात्रामा युरिया, डिएपी र पोटास मल रहेको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताए ।

लकडाउन भएपनि रसायनिक मलको आपूर्ति भने दैनिक हुँदै आएको बताइएको छ । जिल्लामा हालसम्म युरिया १ हजार २६०.४ मेट्रिक टन, डिएपी मल ७ हजार ४२७.७ मेट्रिक टन, पोटास १४२.२५ मेट्रिक टन मौज्दात रहेको छ । लिमिटेडले हालसम्म जिल्लामा युरिया ५ हजार मेट्रिक टन, डिएपी ३ हजार ७५९ मेट्रिक टन र पोटास ५० मेट्रिक टन बिक्री भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख न्यौपानेका अनुसार तुलसीपुरमा युरिया ४७९.१०० मेट्रिक टन, डिएपी ३११.९०० मेट्रिक टन र पोटास ३५.७५० मेट्रिक टन मल मौज्दात रहेको छ । त्यस्तै घोराहीमा युरिया ५७९.९०० मेट्रिक टन, डिएपी २६०.९५० मेट्रिक टन, पोटास ७०.९०० मेट्रिक टन मौज्दात रहेको छ । भने लमहीमा युरिया २०७.४०० मेट्रिक टन, डिएपी १६९.८५० मेट्रिक टन र पोटास ३५०.६० मेट्रिक टन मौज्दात रहेको छ ।

लकडाउनको समयमा पनि भैरहवाबाट रसायनिक मल दैनिक आपूर्ति हुने गरेको प्रमुख न्यौपानेले बताए । किसानलाई अनुदानका मल पु¥याउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा सहकारी संस्थामार्फत किसानहरुलाई मल वितरण गर्दै आएको छ । “हाललाई पर्याप्त मात्रामा मल छ, जिल्लामा मलको अभाव छैन”, तुलसीपुरका प्रमुख न्यौपाने भने ।

यसैबीच जिल्ला आपूर्ति समन्वय समितिको मौज्दात मल वितरण गर्ने निर्णय गरेको न्यौपानेले बताए । उनका अनुसार दैनिक सहकारी संस्थालाई रसायनिक मल बिक्री वितरण गर्ने निर्णय भएको छ । जिल्लामा वार्षिक करिब १२ हजार मेट्रिक टन युरिया, ९ हजार ५०० मेट्रिक टन डिएपी र २५० मेट्रिक टन पोटास आवश्यक पर्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित