बुधबार, २८ कार्तिक २०८१

कृषि सम्बन्धि गतिविधि नियमित राख्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आग्रह

Share via:

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारीले गर्दा निकट भविष्यमा हुन सक्ने खाद्य असुरक्षाको सम्भावनालाई न्यूनीकरण गर्न सरकारको निर्णय अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लकडाउनको अवस्थामा सुरक्षित रहेर कृषि कर्मलाई जारी राख्न कृषक, व्यवसायी, कृषि तथा पशु सेवा प्राविधिकहरुमा अनुरोध गरेको मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले बताउनु भएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संक्रमणबाट सावधानीका उपायहरु अवलम्बन गर्दै निम्न अनुसारका क्रियाकलाप गर्न भनिएको छ;

  • सम्भव भए सम्म बाँझो नराखी सिजन अनुसारको बाली लगाउने
  • बाली लगाउने, गोड्ने, काट्ने, उठाउने, माछा, मौरी र पशुपन्छीलगायतको उत्पादन कार्य संगै बजारीकरणलाई निरन्तरता दिने
  • बाली लगाउने, गोड्ने, काट्ने, उठाउने जस्ता कार्यमा ३ फिट दूरी कायम गर्ने
  • काम गर्दा, विश्रामको समय, खाजा एवम आवतजावतको बेला दूरी कायम गरी व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने वा सल वा रुमालले मुख छोप्ने
  • कृषि कार्यमा मेसिनको प्रयोग गर्ने र प्रयोग पछी साबुन पानीले हात धुने
  • मेसिन एवम उपकरण प्रयोगमा लैजानु अघि र फर्काएपछि राम्रो संग निर्मलीकरण गर्ने
  • स्वस्थ व्यक्तिलाई मात्र कृषि क्रियाकलापमा संग्लग्न गराउने
  • तरकारी, फलफुल नर्सरी वितरण, माछाको भुरा वितरण देखि दुध संकलनमा सिमित व्यक्ति उपस्थित भई सावधानी अपनाएर काम गर्ने
  • गोठ/ फर्ममा छुट्टै लुगा, जुत्ता प्रयोग गर्ने
  • बाली वस्तुको भण्डारण सम्भव भए सकेसम्म केहि समय भण्डारणमै राख्न ध्यान दिने
  • धान, तरकारी, घाँस लगायतका बीउ विजन, मल, विषादी, दाना, पशुपन्छिका औषधि, खोप, दाना, कृत्रिम गर्भाधान सेवाका लागि नजिकैको कृषि एवम पशु सेवा प्राविधिक संग समन्वयन गर्ने
  • बालीको नियमित निरिक्षण गर्ने
  • फलफूल विरुवाको माग गर्नु पर्ने तोकिएको श्रोत केन्द्र वा सम्बन्धित क्षेत्रमा क्रियाशील कृषि प्राविधिक संग सम्पर्क राख्न मन्त्रालयले विज्ञप्तिमा आग्रह गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ

  • स्थानीय तहमा कृषक समूह, सहकारीले बजार व्यवस्थापन, कृषि सामग्रीको माग संकलन, ढुवानीमा सहयोग गर्ने
  • स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकलाई मनोबल बढाउने खाले सूचना र जानकारी दिने
  • कृषि र पशुपन्छी सामग्रीको खुद्रा विक्रेताहरुले आफ्नो सेवालाई सावधानी अपनाउंदै निरन्तरता दिने, कृषि सामग्रीहरुको ढुवानीमा व्यवस्था मिलाउन स्थानीय प्रशासन एवम सुरक्षाकर्मीलाई अनुरोध गर्ने
  • दाना, ह्याचरी, दुग्ध प्रशोधन जस्ता उद्योगहरुमा श्रमिक कामदारलाई भौतिक दूरी कायम गर्दै व्यक्तिगत सुरक्षाका उपाय अपनाएर नियमित कामकाज गर्ने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *