मंगलबार, १५ माघ २०८१

बेबी कर्न (नानी मकै) के हो ? कसरी खेती गर्ने ?

मकैको तुलनामा कम समयमा नै उत्पादन गर्न सक्ने र मकैको अपरिपक्क अवस्था बेबी कर्न (नानी मकै) हो । बेबी कर्न खेतीबाट नानी मकै उत्पादन गर्नुको साथै हरियो डाँठ/घाँस,सिलेज बनाउनको लागि पनि प्रयोग गरिन्छ । करिब २ महिनाको छोटो समय अन्तरालमा नै उत्पादन लिन सक्ने हुँदा यसबाट  मुनाफा आर्जन गर्नुको साथै समयको  पनि बचत गर्न सक्छौं । घोकामा जुँगा आएको १ देखि ३दिनको मकैलाई बेबी कर्न  भनिन्छ । बेबी कर्न भारत लगायत विश्वव्यापी रूपमा नै लोकप्रिय र उचित बजार मुल्य भएको तरकारी मध्ये एक हो । बेबी कर्नमा फस्फोरसको मात्रा धेरै पाइने र क्यालोरीको मात्रा थोरै हुने हुँदा स्वास्थ्यको दृष्टिकोणले उचित खानाका रुपमा लिईन्छ ।

बेबीकर्नबाट स्वास्थ्यमा हुने फाइदाहरु

  • बेबी कर्न न्यून क्यालोरी भएको खाना हो ।
  • पोषण तत्व धेरै हुनुका साथै भिटामिनको राम्रो स्रोत पनि मानिन्छ ।
  • ग्लूकोजको मात्रा कम हुने हुँदा बेबी कर्नको सेवनले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।
  • प्रति १०० ग्राम मा ८.२मिली ग्राम कार्बहाइड्रेट,२ मिली ग्राम फ्याट, भिटामिन-A, भिटामिन-c, क्याल्शियम जस्ता पोषण तत्व पाइन्छ ।
  • उच्च रक्तचाप, गर्भवती महिलाको, मुटु रोगीहरु को  लागि पनि बेबी कर्न राम्रो खाना मानिन्छ ।

हावापानी

२0°c देखि३०°c तापक्रम भई सूर्यको प्रकाश उपलब्ध हुने हावापानीमा बेबीकर्नको राम्रो वृद्धि विकास हुने गर्दछ । ३०°c भन्दा माथिको हावापानी वा अत्याधिक गर्मी हावापानीमा बेबी कर्नको उत्पादन राम्रो सँग हुन सक्दैन ।

माटो

सिंचाईको उचित निकास भएको बलौटे दोमट माटो, pH मान ६-७ भएको माटो बेबी कर्नको लागि उपयुक्त हुन्छ । यसका साथसाथै अधिक अम्लिय माटोमा खेति गर्न सकिएता पनि  कम निकास भएको ओसिलो जमिन भने बेबी कर्नको  लागि उपयुक्त मानिँदैन । 

उन्नत जातका बेबी कर्न

राम्रो उत्पादन लिने हेतुले धेरै उन्नत जातका बेबी कर्नका बिजहरु बजारमा उपलब्ध छ । बेबी कर्न खेती गर्दा बिज छनौट वा बिज उन्नत जातका भएमा एक बोटबाट कमसेकम ३ देखि ४ वटा घोका लिन सक्छौँ । उन्नत जातका बिजहरु जस्तै; प्रकाश, विवेक२३, HM4, HM5, HIM129, DHM109, गोल्डेन बेबी आदि । यस्तै गरि पहेंलो जातका हाइब्रिड, Rampur Composite (रामपुर कम्पोजिट) , अनमोल-२ आदि जातका मकै नेपालमा पाइने  बेबी कर्न खेतीका लागि उपयुक्त जातहरु हुन् ।

जमिनको तयारी

प्रति हेक्टर  १५ टन जैविक मल जमिन मा मिसाउनु पर्छ । जमिनलाई डिक्स हलोको सहाएताले राम्रो सँग जोत्नुका साथसाथै २ पटक पूर्ण जोत्नुपर्दछ जस कारण माटो मसिनो मलिलो हुन्छ । ४५×२५सि.म मा ड्याङ बनाउनु पर्दछ ।

बेबी कर्न रोप्दा बिज दर बिज अन्तर

२०-२५ केजी बिज प्रति हेक्टरमा लगाउन पर्दछ । बेबी कर्न रोप्दा एक बिज देखि अर्को बिज सम्मको अन्तर १५सि.मि र एक ड्याङ  देखि अर्को ड्याङ सम्मको अन्तर ४५सि.मि हुनुपर्दछ । प्रतेक बिज एउटा रोप्दा राम्रो भएता पनि दुई वटा बिज सँगै रोपिने गर्छ । रोपेका बिजबाट उम्रेका एउटा मात्र बिरुवामा रोग लागेको छ भनि एउटालाई हटाइ पछि अर्को बाँकी बस्ने हेतुका कारण दुई वटा बिज सँगै रोप्ने गरिन्छ ।

बिज रोप्नु अघि प्रशोधन

बेबि कर्नका बिजलाई विभिन्न रोगबाट जोगाउनका लागि रोप्नु अघि ढुसिनाशक, कीटनाशक विषादि सँग प्रशोधन गर्नुपर्दछ। जस्तै Bavistin(बेभिष्टिन), captain( क्याप्टेन), Thiram( थिराम) जस्ता ढुसीनासकले प्रति केजी बिजमा २ ग्राम ढुसीनासक सँग प्रसोधन गर्दा ढुसीबाट लाग्ने रोगहरुलाई नियन्त्रण गर्न सक्छौ । Carbandazim (कारबेण्डाजिम) प्रति केजी बीजमा ३ग्राम मिसाउँदा,बीज र बिरुवा कुहिनबाट जोगिन्छ । Fipronil (फिप्रोनील) प्रती केजी बीजमा ४ एमएल मिसाउँदा, धमेरो र शूट फ्लाईबाट बीजलाई जोगाउन सकिन्छ। Azosprillum (एजोइस्प्रिलम) प्रती केजी बीजमा ३देखि४ प्याकेट मिसाउँदा बिजको गुणस्तरको साथसाथै बेबी कर्नको उत्पादनमा पनि वृद्धि गर्दछ ।

खेती गर्ने समय

बेबी कर्न बर्ष भरिनै खेति गर्न सकिन्छ । धेरै जसो अप्रिल (वैशाख) महिनामा छरेका बेबी कर्नको उत्पादन अरु  अन्य समयको तुलनामा धेरै हुने गर्दछ । बर्खा याममा सिंचाईको जरुरी पर्दैन भने हिउँदमा राम्रो सिंचाई हुने ठाउँमा बेबी कर्न खेती गर्न सकिन्छ । वर्ष भरि नै खेती गर्न मिल्ने भएकाले यदि बेबी कर्न खेती व्यवसायिक रुपमा गर्न सकेमा , यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

अन्तरबाली

बेबी कर्न सँगै अन्तरबाली पनि लगाउन सक्ने हुँदा अझ मुनाफा बढी आर्जन गर्न सक्छौं । यसका साथै माटोको उर्वराशक्ति पनि बड्दछ । छोटो समयमा नै उत्पादन लिन सक्ने अन्तर बाली छनौट गर्नुपर्दछ । अन्तरबाली लागाउने भएपछि मलको मात्रामा पनि वृद्धि गर्नु पर्दछ । बेबी कर्नमा अन्तरबालीको रुपमा निम्नलिखित बालीहरु लगाउन सकिन्छ । जस्तै;  आलु,  लसुन,  केरा,  मुला,  प्याज, मेथी आदि ।

मल

जमिनको तयारी गर्दा जैविक मलको साथै विभिन्न रसायनिक मलको प्रयोग गर्नु पर्दछ । प्रति हेक्टरमा जैविक मल १५ टन मिसाउनु पर्छ । त्यस्तै गरि प्रति हेक्टरमा  १६०:६०:४० केजीको दरले NPK (एनपिके) हाल्नुपर्दछ ।  ५० केजी नाइट्रोजन, ६० केजी फोस्फोरस, ४०केजी पोटास जमिन जोते पछि हाल्नु पर्दछ भने नाइट्रोजन  बेबीकर्न घुंडा सम्म आइपुग्दा ४० केजी र ४० केजी चाहि बेबी कर्नमा धान चमरा आउने समयमा हाल्नुपर्दछ । 

सिचांई

हिउँद र बसन्ते समयमा लगाईने बेबीकर्नलाई रोपण पूर्व सिंचाई दिनपर्दछ । माटो सुख्खा हुँदा सिंचाईको आवश्यकता पर्दछ र सिंचाई गरेर खनजोत पश्चात बेबी कर्न रोप्नु उत्तम हुन्छ । वर्षातको समयमा भने सिंचाईको आवश्यकता नपर्ने वा पानी पर्न ढिला हुने बेलामा सुख्खापनबाट जोगाउन सिंचाई गरिन्छ । पानी निष्काशनको राम्रो व्यवस्था भएको जमिनमा बेबी कर्नमा कुनै क्षेति हुन पाउँदैन । यदि लामो समय सम्म पानी जमेर बसेको खण्डमा बाली क्षेति हुने हुँदा सिंचाईमा राम्रो सँग ध्यान दिनुपर्दछ । सामान्यतया बेबी कर्न घुँडा जति अग्लो भएको अवस्थामा बेबी कर्नमा धान चमरा निस्कने अवस्थामा सिंचाई दिनुपर्दछ।

झार नियन्त्रण

कमसेकम २ देखि ३चोटी सम्म बेबी कर्नमा भएको झारको व्यवस्थापन गर्नुपर्दछ, गोडमेल गर्नुपर्छ । वर्षातको समयमा माटोमा भएको ओसिलोपनका कारण बेबी कर्नमा धेरै झार आउने गर्दछ । यसलाई नियन्त्रण गर्न हर्बिसाइडको प्रयोग गर्नु पर्दछ। Simazine (सिमाजिन) वा Atrazine (याट्राजिन) जस्ता हर्बिसाइडको प्रयोग गर्न सकिन्छ । यसलाई प्रयोग गर्दा माटो कुन किसिमको हो त्यस अनुसार औसतमा प्रति हेक्टरमा १-१.५ केजि ५००-६५० लिटर पानीमा मिसाएर गर्नुपर्दछ । यसको प्रयोग भने माटो ओसिलो हुने जमिनमा मात्र गर्नुपर्दछ ।

पहिलो गोडाइ                  छरेको २ हप्तामा
बोटको जरामा माटोलाई उठाउने३देखि४ हप्तामा
धान चामरा हटाउनेमकैलाई खसी बनाउने   

बेबी कर्न खेती गर्दा ४०-४५दिनमा धन चमरा हटाउँनु पर्दछ । धान चमरा हटाउँदा बेबी कर्नको गुणस्तरमा सुधार भई  तौलमा पनि वृद्धि  हुने गर्दछ । यसो गर्दा  सबैभन्दा माथिल्लो पातले प्रकाश  संश्लेषणमा  मद्दत पुराउँने हुँदा यो पातलाई हानीनपुर्याई धान चमरा हटाउनुपर्दछ।

बेबी कर्न भाच्ने समय

बेबी कर्नको घोका आएको जुँगा २-३ सिमि भएपछि वा घोकामा जुँगा आएको १ देखि ३ दिन भित्र भाँचीसक्नुपर्छ । घोका भाँच्दा बोटमा असर नहुने गरि भाच्नुपर्छ, घोकामा पनि असर नपर्ने गरी भाच्नु पर्दछ, पहिलो घोका भाँचिएको ७-१० दिन भित्र दोस्रो र तेस्रो घोगा पनि भाँच्न मिल्ने भई सकने  हुँदा ५० दिनमा बेबी कर्नको सबै घोगा भाँचिएर सकिन्छ।

उत्पादन

हामीले छनौट गरेको बिजको आधारमा नै बेबी कर्नको उत्पादन निर्धारण गर्दछ । औसतमा बेबी कर्न खेती गर्दा १ हेक्टरमा १०-२० टन बोक्रा रहित बेबी कर्नको उत्पादन १ हेक्टरमा ३३ टन हरियो घाँस उत्पादन हुन्छ ।

रोग किराको नियन्त्रण

Shoot Fly (शूट फ्लाई), Pink Borer (पिंक बोइरर) र Stem Borer (इस्टिम बोइररहरु) बेबी कर्नलाई हानी पुर्याउने हानिकारक किराहरु हुन्। प्रति हेक्टर ७०० ग्राम Carbaryl (कारबायल ) ७००लिटर पानीमा मिसाएर छर्दा यस्ता किराहरुले गर्ने क्षतिबाट बेबी कर्नलाई जोगाउन सकिन्छ । Bleaching Powder (ब्लिचिङ् पाउडर) छरेर पनि विभिन्न किराहरुको प्रकोपबाट बेबी कर्नलाई जोगाउन सकिन्छ । अमेरिकन फल किराबाट बेबी कर्नलाई जोगाउन , स्पाइनोस्याड(Spinosad) किटनाशक विषादिको प्रयोग गर्नुपर्छ ।

सन्दर्भ सामग्री

Reddy Jag dish(2015),Baby corn farming information Guide Retrieved from agrifarming in baby- corn -farming

गौतम समिक्षा,(२०२०); बेबी कर्न खेति, प्रादेशिक कृषि दर्पण, प्रदेश नं १, कृषि विकास निर्देशनालय, विराटनगर, मोरङ, नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *