शुक्रबार, १६ चैत्र २०८०

कृषक प्रोत्साहन गर्ने कार्यक्रम, उत्पादित वस्तुलाई बजार पनि अनुदान पनि

Share via:

पाल्पाको एक गाउँपालिकाले कृषिलाई मध्यनजर गरेर एक नौलो अभ्यासको लागि पाईला चालेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिकाले कृषकलाई प्रति एकाई उत्पादनका आधारमा अनुदान दिने भएको छ । दुग्ध जन्य उत्पादन र टमाटर उत्पादनमा अनुदान मार्फत पालिका कृषि मैत्री कार्यक्रम सार्वजनिक गरेको हो ।

कृषिमा युवाहरुलाई आकृष्ट गर्ने र विदेश पलायन हुन बाट युवाहरुलाई जोगाउन भन्दै यस्तो खाले योजना ल्याएको गाउँपालिका प्रमुख नारायण बहादुर जिसीले बताएका छन् ।

गाउँपालिकाको कार्यक्रम अनुसार किसानले उत्पादनको आधारमा अनुदान पाउने भएका हुन् ।

किसानले सहकारी र समूहमा संकलन गरेर दुध बेचेपछि गाउँपालिका दुध कति बेच्यो त्यसको आधारमा प्रति लिटर १ रुपैयाँबाट बढाएर २ रुपैयाँ अनुदान दिने भएको हो ।

पालिकाले त्यसको लागि १ करोड ४९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको बताएको छ ।

त्यस्तै गरि टमाटर उत्पादनमा पनि किसानले अनुदान पाउने भएका हुन् । ५ सय देखि २ हजार केजी सम्म टमाटर उत्पादन गर्ने किसानले प्रति केजी २.५० रुपैयाँ , २ हजार देखि ५ हजार केजी उत्पादन गर्ने २ रुपैयाँ र ५ हजार केजी माथि टमाटर उत्पादन गर्ने कृषकले प्रति केजी १ रुपैयाँका दरले अनुदान पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित