विश्वमा सबैभन्दा बढी उत्पादन हुने नेपालमा अलैंचीको गिर्दो अवस्था
पूर्वी नेपालमा ठुलो सम्भावना र आश देखाएको नगदेबालीको रुपमा लिईदै आएको अलैंचीको आकर्षण विस्तारै कम हुँदै गएको छ । प्रमुख रुपमा अलैंची लगाईदै आएका जिल्लाहरुमा सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ जस्ता जिल्लाहरुमा अलैंचीप्रतिको आकर्षण विस्तारै कम हुँदै गएको छ ।
केहि समय पहिला धान फल्ने खेत समेत मासेर अलैंची लगाएका किसानहरुले अहिले अलैंचीबाट अर्को विकल्प सोच्न थालेका छन् । पहिला आफ्नो जिल्लाबाट बेर्ना समेत नपुगेर छिमेकी अर्को जिल्लाबाट बिरुवा ल्याएर अलैंची लगाएका जिल्लाहरुमा अहिले अवस्था ठ्याक्कै बदलिएको छ । किसानले आफ्नै खेतबारीमा पनि अलैंचीको विकल्प खोज्न थालेका छन् ।
पछिल्लो समय अलैंचीमा विभिन्न प्रकारका रोगहरु आक्रमण गर्न थालेको र यसको निर्यात हुने विदेशबाट पनि अलैंचीको माग नबढेकाले अलैंची उत्पादन प्रक्रियामा गिरावट आएको किसानहरु बताउँछन् । पहिले लाखौँ संख्यामा विरुवा वितरण गरेका विभिन्न वितरण केन्द्रहरुमा अहिले विरुवा खेर जान थालेको पाईएको छ ।