मंगलबार, २२ माघ २०८१

वास्तविक कृषक सहुलियत कृषि कर्जाको पहुँच बाहिर, बजेटको रिपोर्टिङ छैन मन्त्रालयलाई

कृषि सम्बन्धि एक सरकारी तथ्यांकले सहुलियत ब्याजदरमा कृषकलाई केन्द्रित गरि प्रवाह हुने ऋण कृषकको पहुँच बाहिर रहेको बताएको छ । कृषि कर्जा सम्बन्धि विवरण मन्त्रालयसम्म आईपुग्ने संयन्त्र नभएकाले कृषक तह सम्म जानकारी पुग्न नसकेको मन्त्रालयको भनाई रहेको छ ।

५% सहुलियत ब्याज दरमा कृषकलाई प्रदान गरिने ऋण उत्पादक कृषक संग पहुँचमा नरहेको पाईएको हो । कृषि ऋण सम्बन्धि सम्पूर्ण कार्यको जिम्मा कृषि मन्त्रालयले नभएर राष्ट्र बैंकले हेर्ने भएकाले कृषि मन्त्रालय कृषकले पाए नपाएको बारेमा बेखबर हुने गरेको छ । यता कृषि मन्त्रालयले कृषकले ऋण पाएको जानकारी नभएको बताएको बेला राष्ट्र बैंकको तथ्यांकमा भने १५ हजार ९ सय १६ जनालाई २९ अर्ब ३६ करोड रुपैयाँ बक्यौता रहेको पाईएको छ ।

२०७६ जेठ मसान्त सम्म सहुलियत पूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ बमोजिम प्रवाह भएको २९ अर्ब 36 करोड रुपैयाँ बक्यौता रहेको राष्ट्र बैंकको भनाई रहेको छ ।

सरकारले भने सहुलियत कर्जाको लागि कुल १ अर्ब २५ करोड ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ । तेस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ५४% बजेट विनियोजन भए पनि कुनै रिपोर्टिङनभएको जनाईएको छ । प्रदेशका लागि विनियोजन भएको कुल ४३ लाख ४२ हजार ४३६ रुपैयाँ को बारेमा कुनै रिपोर्टिङ नभएको पाईएको छ । सबै जसो कार्यक्रम र शिर्षकका बजेट र अनुदान संचालक समितिकै आसेपासेलाई नै बाँडेर सकिने गरिएको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *