बिहिबार, ०९ बैसाख २०७८

वास्तविक कृषकलाई केन्द्रित गर्दै मूल्य निर्धारण आयोग गठन हुने : कृषि मन्त्री खनाल

Share via:
  •  
  •  
  •  
  •  
  •  

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको विकासको लागि मुल्य निर्धारण आयोग गठन गर्ने तयारि भईरहेको बताउनु भएको छ ।

चितवनमा शनिवार कुखुरा व्यवसायी संगको अन्तरक्रिया कार्यक्रममा उहाँले कृषि उपजले उचित मुल्य नपाएको गुनासो अईरहेकाले आयोग गठन गरेर समस्या समाधान गर्न लागिरहेको बताउनुभएको हो ।

अब बन्ने आयोगले आठ वटा बालीको मुल्य निर्धारण गर्ने बताउनु भएको छ । सरकार आफैंले कृषि उपज खरदि गर्न सक्ने क्षमता बढाएमा मात्र मुल्य निर्धारण कार्यक्रमले सार्थकता पाउने मन्त्री खनालको भनाई रहेको छ ।

चितवनमा व्यसायीले साना किसान मर्कामा रहेको र केहि ठुला व्यापारीको नियन्त्रणमा बजार रहेको गुनासो गरेका छन् । किसानले लागत मुल्य नपाउँदा सम्म कृषि व्यवसाय स्थिर रहन नसक्नेमा मन्त्री खनालले आफ्नो ध्यानाकर्षण रहेको बताउनु भएको छ । आजको गोरखापत्र दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *