आइतबार, ०६ वैशाख २०८३

दुग्ध विकास संस्थानमा दूध अभाव, किसानले पाए दूधको मुल्य

नीजी डेरी उद्योगले किसानलाई बढी मूल्य दिएर दुध किन्न थालेपछि दुग्ध विकास संस्थान (डीडीसी) विराटनगरमा रहेको दुग्ध वितरण आयोजनामा दूध संकलन घटेको छ ।

नीजी डेरीले प्रतिलिटर ३ रुपैयाँ बढी मूल्य किसानको दुधलाई तिर्न थालेपछि किसानले सस्तोमा डेरीलाई दूध बेच्न छोडेका छन् ।

दूध संकलन घटेसंगै विराटनगर स्थित दुग्ध विकास संस्थानले पाउडर प्लान्टबाट धूलो दुध उत्पादन बन्द गरिएको जनाएको छ । धुलो दुध उत्पादनको लागो विराटनगरको साथै बुटवल र हेटौडाबाट दूध ल्याउनु परेको अवस्थामा हेटौडा र काठमाण्डौ जस्ता शहरमा दूधको माग उच्च रहेकाले विराटनगरको दुग्ध विकास संस्थानमा दूध आउन छोडेको छ ।

असोज सम्म दुधको अभाव भई दुध उत्पादन कम भएको भएपनि त्यसपछि दुध आपूर्ति सहज हुने संस्थानले जनाएको छ । चैत्र देखि भदौ सम्म दुध उत्पादनको हिसाबले प्रतिकूल सिजन भएकाले दुध उत्पादन कम भएको हो । भदौपछि गाई ब्याउने याम सुरु हुने भएकाले त्यसपछि अवस्था सहज हुनेछ ।

भारत लगायत तेस्रो मुलुकबाट आउने पाउडर दुधमा आयात रोकिएपछि विगतमा पाउडर घोलेर बेच्ने नीजी डेरीले किसानको दूध उच्च मूल्यमै भएपनि किनेर बेचिरहेका छन् । आजको गोरखापत्र दैनिकबाट।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *