शुक्रबार, १६ चैत्र २०८०

अदुवाले बजार पाएपछि कृषक हर्षित

Share via:

 

अगिल्ला वर्षहरुमा निकासीमा भएको अवरोधका कारण अदुवा खेतीबाट निरास भएका किसानका लागि ईलाममा यो वर्ष निकै राम्रो भएको छ । प्रति मन ६ हजार रुपैयाँ सम्ममा अदुवा खरिद बिक्रि भएपछि किसानहरु खुसी भएका हुन् ।

यो वर्ष पहिले जस्तो भारत तर्फ निकासी हुने क्रममा कुनै समस्या नदेखिएका कारण किसानको बारीको अदुवाले राम्रो मोल पाएको हो । किसानहरुले विगतमा अदुवा बिक्रि नभएपछि अदुवा लगाउन कम गर्दै आएका थिए तर जति अदुवा लगाए त्यति अदुवाको बिक्रि भएको ईलाम स्थित उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अदुवा कृषक कृष्ण पौडेलले बताउनु भयो ।

यस वर्ष नेपालमा मात्र नभएर भारतमा पनि अदुवाको उत्पादन कम भएकाले अदुवाको माग उच्च रहेको र आगामी कार्त्तिकमा तयार हुने नयाँ अदुवाको पनि मुल्य उच्च हुने सम्भावना रहेको कृषक पौडेलले बताउनु भयो । आजको गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित