आइतबार, ०६ वैशाख २०८३

खसी बोकाको मूल्य निर्धारण

दाङमा दशैं तिहारलाई मध्यनजर गर्दै जिउँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ।

जिल्लाको लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो।

किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले २० देखि २४ केजी सम्मको खसीको जिउँदो मूल्य प्रतिकिलो ५ सय रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै २० देखि २९ केजी सम्मको खसीलाई प्रतिकेजी ५ सय २५ र ३० केजी भन्दा बढी तौलको खसीलाई ५ सय ३० का दरले खरिद मूल्य तोकेको छ।

बैठकले जिउँदो बोकोको खरिद मूल्य पनि निर्धारण गरेको छ। ३० केजीसम्म तौल भएको  जिउँदो बोकाको खरिद मूल्य प्रति केजी ४ सय ८० र ३० केजी भन्दा माथि तौल भएको बोकालाई प्रति केजी ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *