शुक्रबार, १६ चैत्र २०८०

प्रदेश सरकारको नेतृत्वमा ५ ओटा विषादी परिक्षण प्रयोगशाला निर्माण

Share via:

 

प्रदेश ३ का ५ वटा जिल्ला प्रदेश सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गरेको छ । काभ्रे, नुवाकोट,ललितपुर, मकवानपुर र चितवनका प्रत्येक कार्यलयको लागि ३६ लाख रुपैयाँ बराबरको विभिन्न उपकरण खरिद गरिएको छ ।

हेटौडा औद्योगिक क्षेत्रबाट मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार उद्घाटन गर्दै आवश्यक ल्याव सम्बन्धि सामग्री हस्तान्तरण पनि गर्नु भएको हो ।

उहाँले दैनिक उपभोग्य वस्तुको गुणस्तर र विषादीको परीक्षण गरेर खानु पर्नेमा जोड दिनुभएको छ ।

प्रति घन्टा २०/३० ओटा तरकारी र फलफुल को नमुना सर्वेक्षण गर्ने प्रयोगशालाको लागि ५ ओटा कार्यलयमा ३/३ जना प्राविधिकलाई प्रयोगशाला संचालन सम्बन्धि तालिमको व्यवस्था र युवा कृषि स्वयम सेवक हरेक प्रयोगशालामा २/२ जनाका दरले परिचालन गरिने जनाईएको छ ।

‘विषादी अवशेष द्रुत विश्लेषण कार्यवधि –  २०७५’ तयार गरेर माटो परिक्षण र भेटेरिनरी एम्बुलेन्स संचालनका लागि करिब ५ करोड ६८ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरी चितवनको खैरहनी, नुवाकोटको बिदुर, काभ्रेको पाँचखाल, धादिंगको सिद्धलेख , मकवानपुरको गढीमा माटो परिक्षण गर्ने प्रयोगशाला पनि निर्माण गरिएको मन्त्रालयले बताएको छ । पाँचवटा स्थानीय तहलाई ३२/३२ लाख रुपैयाँका दरले आवश्यक मेसिन करिब १ करोड ६० लाख रुपैयाँ बराबरको हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित