बिहिबार, ०८ फाल्गुण २०८१

प्रदेश १ भरि माटो परिक्षणको घुम्ती शिविर हुने

 

प्रदेश १ सरकारले किसानलाई खेतबारी मै निशुल्क माटो परिक्षण सेवा दिने भएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत असार २० गते ७५ लाख रुपैयाँ पर्ने माटो परीक्षण घुम्ती प्रयोगशाला किनेको छ । आगमी असोज देखि संचालन गर्ने गरी तयारि गरेको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बताउनु भएको छ ।

माटोको अम्लियपना, क्षारियपना, नाईट्रोजन, फस्फोरस, पोटास एवम प्रांगारिक पदार्थको मात्रा गरी विभिन्न ६ ओटा माटोको गुणहरुको विश्लेषण गरिने भएको हो । प्रयोगशालामा ४ ओटा प्राविधिक एवम १ जना चालक सहितको टोली किसानले बर्खे सिजनको खेतीपातीको क्रियाकलाप सकाएपछि द्रुत गतिमा लाग्ने मन्त्रालयले बताएको छ ।

माटो परीक्षणको लागि नमुना संकलन गरेपछि उत्तिखेरै नै किसानको खेतबारीको माटो जाँचिने भएपछि किसानले धेरै समय कुर्नु नपर्ने व्यवस्था गरिएको छ ।

माटो परीक्षणमा संग्लग्न हुने प्राविधिक एवम विज्ञ हरिबहादुर भुजेलले झापा र ईलामका विभिन्न ठाउँमा माटो शिविर संचालन गरिसकेका र अब अरु थप किसानको सेवामा समर्पित रहने बताउनु भएको छ । माटोको परिक्षण सकिना साथ माटोको रिपोर्ट आउने भएपछि रिपोर्टको लागि कुरिबसिरह्नु नपर्ने कृषि सचिव हस्तबहादुर विष्टले बताउनु भयो ।

यससंगै प्रदेश मन्त्रालयले सुनसरी धरानस्थित अमरहाट कृषिबजारमा दशैं अगाडी नै २५ लाख रुपैयाँ पर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला संचालने गर्ने तयारी गरेको छ ।मन्त्रालयकै सक्रियतामा १ करोड ८६ लाख लागतमा घ्यु, तेल लगायतको खाद्य पदार्थ परिक्षण गने प्रयोगशाला ‘ग्याँस क्रोमाटोग्राफी’ स्थापना गर्ने तयारी भईरहेको प्रदेश स्थित कृषि मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित