मंगलबार, ०४ बैसाख २०८१

दुई वर्षमै माछामा आत्मनिर्भर बन्ने कार्यक्रम, आयात घटाउने लक्ष्य

Share via:

सरकारको २ वर्ष भित्र माछाको उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ ‘माछामा आत्मनिर्भर’ कार्यक्रम गर्ने भएको छ ।

पछिल्लो समयमा युवाहरु कृषिमा आकर्षित हुने क्रम बढ्दै गए संगै माछापालनमा पनि युवाहरु सक्रिय हुँदै गएको पाईएको छ । सरकारले माछापालनलाई प्राथमिकतामा राखे संगै यसमा आश्रित रहनेको संख्या, रोजगारी एवम माछापालनको क्षेत्रमा पनि विस्तारमा अग्रता दिईने बताएको छ ।

पछिल्लो तथ्यांक अनुसार ८८,९८४ टन माछा नेपालमा उत्पादन भएको छ । आगमी आवधिक योजनाको अन्त्य सम्ममा यसको उत्पादनमा १५ हजार टनले वृद्दि गर्दै १,०३,१४९ पुर्याउने सरकारी योजना बनेको छ ।

पन्ध्रौँ योजना सम्म माछा आयातलाई घटाएर वार्षिक ४ हजार टनमा झार्ने लक्ष्य तय गरेको छ । मत्स्य प्रवर्दन तथा संरक्षण केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा कायम रहेको १० हजार टन वार्षिक माछा आयातलाई घटाएर ४ हजार टनमा पुर्याउने लक्ष्य बनाएको छ ।

प्रादेशिक रुपमा सबै भन्दा बढी माछा उत्पादन हुने प्रदेश नम्बर २ र सबै भन्दा कम उत्पादन हुने ६ नम्बर प्रदेश रहेको छ । पछिल्लो आवमा ८.९६ प्रतिशतले उत्पादनमा वृद्दि भएको र पोखरीको क्षेत्रफलमा १४.७१ प्रतिशतले बढेको पाईएको छ ।

माछामा आत्मनिर्भर कार्यक्रम बनेर त्यसलाई लागू गर्न भन्दै ५ करोडको योजना बनेको छ । किसानलाई उक्त कार्यक्रम लागू भए संगै ५०% अनुदान दिएर पोखरी निर्माण गर्न सहुलियत दिईने छ । बजारीकरणमा केन्द्रले सहयोग गर्नेछ भने अनुदानमा नै सुकाउने प्रविधि पनि दिईने छ । माछापालनमा पानी टन्न खपत हुने विद्युतलाई मध्यनजर गर्दै विद्युत महसुलमा कृषि सिंचाईको मिटर सरह छुट दिनको लागि केन्द्रले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित