प्रदेश १ बजेट : कृषिमा कुल बजेटको मात्रै ९ प्रतिशत

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ । प्रतिशतका आधारमा चालुतर्फ ४३.६ प्रतिशत र पुँजीगततर्फ ४६.३ प्रतिशत बजेट छुट्याइएको छ ।
समग्र कृषि क्षेत्रमा २ अर्ब ९० करोड रकम विनियोजन गरेको प्रदेश सरकारले आगामी वर्षदेखि सुरु हुने ‘मेरो कृषि मेरो गौरव’ कार्यक्रमका लागि ५ करोड ७२ लाख विनियोजन गरेको छ । कृषि क्षेत्रको बजेट कुल बजेटको ८.९३ प्रतिशत मात्रै रहेको छ ।
कृषि तर्फको बजेटको सारांश
- ‘मेरो कृषि मेरो पौरख’ नाराका साथ प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम अन्तर्गत ५ करोड ७२ लाख,
- ‘बीजयुक्त बाली, विषादी मुक्त भान्सा र अनिकाल मुक्त चुल्हो’ नाराका साथ आमा समूह केन्द्रित अर्गानिक कृषि अभियान,
- संरक्षित कृषि र सुनिश्चित बचतको अवधारणा अन्तर्गत कृषि उत्पादकत्व अभिवृद्धि, स्थानीय तह र सहकारी संस्थासंग सहकार्य, मूल्य शृंखलामा जोड,
- कृषि उपज भण्डारण तथा बजारीकरणमा सहकारी, सरकारी र निजि क्षेत्र सहकार्य,
- कृषि भूमिको वर्गीकरण, माटो परीक्षण, चक्लाबन्दि खेती, सामूहिक त्तथा करार खेती प्रोत्साहन,
- उपयोगमा नरहेका व्यक्तिगत, सरकारी, सार्वजनिक लगायत जग्गामा व्यवसायिक खेती विस्तार,
- भूमि बैंकक ५० शाखा स्थापना,
- कृषि र पशु विमा,
- युवा लक्षित कार्यक्रम,
- कृषिमा आधारित घरेलु, साना र मझौला उद्योग विस्तार,
- प्राविधिक शिक्षण संस्थामा नवप्रवर्तनकारी प्रविधि अवलम्बन,
- अनुदानको ढांचा र स्वरुपमा परिमार्जन गरि सहुलियतपूर्ण ब्याज अनुदान अन्तर्गत ४ करोड बिनियोजन,
- कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, कृषि उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणमा जोड,
- धान, मकै, गहुँ, कोदो, फापर, आलु र दलहन बाली उत्पादनमा प्रोत्साहन,
- चैते धान, हाईब्रिड मकै, लसुन, प्याज, बेसार उत्पादक किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान,
- सुन्तला, जुनार, कागती, बेल, ऐसेलु, आँप, एभोकाड़ो, कीवि, लिची, चुत्रोमामा आत्मनिर्भर बनाउने,
- अलैंची, अदुवा, बेसार, सुपारी, अम्लिसो, चिराइतो, रुद्राक्षको उत्पादन तथा गुणस्तर अभिवृद्धि,
- दुग्ध चिस्यान केन्द्र (चिलिंग भ्याट), दुग्ध परिकार पसल, पशु आहारा, दाना उत्पादन उद्योग,
- गाई, भैंसी, चौरी, बाखा, भेडा आदिको पशु नश्लमा विस्तार,
- टि टेष्टिंग रिसर्च एण्ड प्रोमोसन सेन्टर स्थापना,
- गोठ, खोर, पोखरी निर्माणमा सहयोग,
- बाख्राको वृहत्तर पकेट कार्यक्रम, हुलाकी मार्ग लक्षि बाख्रापालन कार्यक्रम,
- अलैंची, दुग्ध पदार्थ, तरकारी, मकै जस्ता कृषि उपजलाई गुणस्तर कायम गरि बजारीकरण ।