शनिबार, ०८ बैसाख २०८१

गाउँ देखि बजारसम्म सुन्तलाको व्यापार

Share via:

दार्चुलाको विभिन्न गाउँ देखि सहर बजारमा अहिले स्थानीय सुन्तलाको बजार ह्वात्तै बढेको छ । जिल्लामा सुन्तलाको लागि पकेट क्षेत्र मानिएका महाकाली नगरपालिकाको धाप निसिल, दुहुन ब्रह्मदेव, पीपल चौतारी लगायत ठाउँहरुमा सुन्तलाको धमाधाम बिक्रि भईरहेको छ । कतै किसानले आफ्नै बगैंचाको बोटबाट सुन्तला टिपेर बिक्रि गरिरहेका छन् भने कतै किसान कै बारीमा व्यापारी गएर सुन्तला खरिद गर्ने चटारो चलेको छ ।

पछिल्लो क्रममा सुन्तलाले बजार पाउन थालेपछि जिल्लाको महाकाली वरपरका कृषकहरु सुन्तला तिर आकर्षित भएका हुन् । यद्यपि सुन्तलामा पछिल्लो क्रममा रोग किराको संक्रमण बढ्दै गएकाले उत्पादन खासै राम्रो हुन नसकेको प्रति किसानको दुखेसो रहेको छ । सुन्तला मौसममा ठुलो परिणाममा उत्पादन हुने गरे पनि उपयुक्त चिस्यान केन्द्रको व्यवस्था नभएकाले सुन्तला सिजनमा खेर गईरहेको छ ।

दार्चुलामा करिव दुई सय हेक्टर बढी क्षेत्रमा सुन्तला खेती गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित