सोमबार, २१ माघ २०८१

कृषिमा यान्त्रिकीकरण बढ्दै : आलु पनि मेसिनले रोपिदिने

झापा जिल्लाको झापा गाउँपालिका अन्तर्गत झाटी गाउँका कृषकहरुले आधुनिक तरिकाले आलु खेती गर्न थालेका छन् । गाउँमा आलु रोप्ने मेसिन भित्रिए संगै यस क्षेत्रका कृषकहरुले आलु खेती प्रति थप ध्यान आकर्षण गर्न थालेका हुन् ।

स्थानीय एक सहकारी संस्थाले ३ लाखको लागतमा मेसिन भित्राएको छ । सहकारीले बीउका लागि मात्रै डेढ विघा जमिनमा उन्नत जातको आलु रोपेको र आफ्नो सहकारीको आलु रोपेपछि बाँकी समय अन्य कृषकको आलु रोप्न  समेत सो मेसिन उपलब्ध गराईने कृषि सहकारी संस्थाका अध्यक्ष ईश्वरप्रसाद दाहाले बताउनु भयो ।

कृषि सहकारी संथालाई सो मेसिन खरिदका लागि झापा गाउन्पालिकाले आर्थिक सहयोग गरेको वडाअध्यक्ष नेत्र प्रसाद उप्रेतीले बताउनु भयो । मेसिन गाउँमा ल्याएपछि उचित मात्रामा मल बिउ बिजन पर्ने र पछी आलु गोड्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको स्थानीय मोहन पोखरेलले बताउनु भयो । कृषकले आलु बिक्रि गर्ने बेलामा कम मुल्य हुने आलुको बिउ रोप्ने बेला महँगो र कम गुणस्तरको आलुको बिउ रोप्नु परेको पीडाका कारण कृषक समूहले आफ्नो समूहमै  आलुको बिउ रोप्न र बिक्रि गर्न लागिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *