शनिबार, २५ जेठ २०८२

यार्साको मुल्यमा गिरावट : संकलकहरु चिन्तित

गत वर्षको तुलनामा मूल्यमा गिरावट आएपछि बझांगमा यस वर्ष यार्सा संकलकहरु निराश भएका छन् । प्रतिकिलो १७ लाख बढीमा यार्सा बिक्रि गरेका यार्सा संकलकहरु यस वर्ष भने मुल्यमा गिरावट आएको भन्दै निराश बनेका छन् ।

सोचे अनुसार मुल्य नपाएपछी कतिपयले यार्सा बिक्रीमा लाग्ने कार्यबाट नै पलायन हुन थालेका छन् । अप्रत्यासित ढंगले यार्साको मुल्यमा गिरावट आएको बताईएको छ ।

पहिला पाउने यार्साको मोलको आधा भन्दा पनि नपाएपछी महिनौं विभिन्न जोखिमहरु पन्छाउँदै यार्सा संकलन तिर लागेकाहरु झस्किन बाध्य भएका हुन् ।

बझांग जिल्लामा यार्सा संकलन गर्न हिदेपछि गाउँठाउँ नै शुन्य गर्दछ । छोटो समयमा ठुलो रकमको आम्दानि हुने भएपछि यहाँका दुधे बालबालिका देखि केटाकेटी, युवा बृद्द सहित यार्सा टिप्न लेकतिर लाग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *