बुधबार, ०१ जेठ २०८२

‘भुईं काफल’ सम्बन्धि सामान्य जानकारी एवम खेती गर्ने तरिका

१८ औं शताब्दि देखि फ्रान्सबाट सुरु भई हाल विश्वका धेरै जसो देशहरुमा फैलिएको भुईं काफललाई नेपालमा स्थानीय नाममा ‘कौवा काफल’  नामले पनि चिनिन्छ । यसको व्यवसायिक खेती भने स्पेन, टर्की र मेक्सिको जस्ता देशहरुबाट रहेको पाईन्छ ।

सर्वप्रथम नेपालमा सन् १९५० पछिका वर्षहरुबाट ‘स्ट्रबेरी’को व्यवसायिक खेती गर्ने प्रचलन बढेको हो । हाल नुवाकोट जिल्लाको ककनी, रसुवा, धादिङ, पर्वत लगायतका जिल्लाहरुमा यसले व्यवसायिक रुप लिन थालेको देखिन्छ ।

‘स्ट्रबेरी’का फाईदाहरु:

  • यसलाई ताजा फलको रुपमा खाँदा प्रशस्त मात्रामा पोटासियम, ओमेगा-३ प्राप्त हुने
  • मुटु रोगी र ब्लड प्रेसरका रोगीलाई उपयुक्त हुने
  • जाम, जुस र आईसक्रिम बनाउन प्रयोग हुने
  • यसमा पाईने एन्टीअक्सिडेन्ले गर्दा क्यान्सर जस्ता रोग लाग्नबाट बच्न सकिने

आवश्यक हावापानी:

  • शितोष्ण (अलि चिसो) खालको हावापानी चाहिने भएतापनि यसको खेती तराईमा हिउँदको समयमा नी गर्न सकिन्छ
  • समुन्द्र सतह देखि १००० देखि २००० मिटर सम्मको उचाई भएको पारिलो घाम लाग्ने ठाउँमा उपयुक्त हुने
  • छोटो दिने विरुवा भएकाले यसलाई फूल फुल्न न्यूनतम १० दिनसम्म दैनिक १४ देखि १६ घण्टाको अँध्यारो दिनहरुको आवश्यकता पर्ने

माटो:

  • यसका जरा त्यति धेरै ठुलो क्षेत्रमा नफैलिने हुनाले pH 5.0 देखि 5 भएको
  • मलिलो, दोमट, बलौटे, प्रारंगारिक पदार्थ मिसिएको राम्रो माटो उपयुक्त हुने

जातहरु:

नेपालमा प्रचलित जातहरुमा प्रिमियर, नर्थ वेष्ट, रेडकार्ड, न्योरो, ओफ्रा, ओनो, जीत आदि हुन् ।

मलखाद:

प्रति हेक्टर क्षेत्रफलमा ५० टन कम्पोस्ट मल, युरिया १६० केजी, डीएपी १०० देखि १२० केजी र म्युरेट अफ पोटास १०० देखि १५० केजी आवश्यक मानिन्छ ।

जमिनको तयारी:

विरुवा लगाउनु अघि माटोलाई राम्रो संग २ देखि ३ पटक सम्म जोतेर माटो खुकुलो बनाई झारपात हटाउने र युरिया बाहेक सबै मल्हारुलाई माटोमा राम्रो संग मिलाउनु पर्छ ।

मल्चिंग एवम छाप:

स्ट्रबेरीको फल नाङ्गो हुने फलमा माटो टाँसिएर नराम्रो देखिने हुँदा यसको गुणस्तरको लागि पनि धेरै ख्याल गर्नु पर्ने हुन्छ । नर्सरी जस्तो ब्याड बनाएर प्लाष्टिक मल्चिंग गरि फल उत्पादन गर्दा पनि राम्रो नै मानिन्छ ।

लगाउने दूरी:

विरुवाको एक देखि अर्को बोट सम्म ३० देखि ४० सेमी र विरुवाको एउटा लाईन देखि अर्को लाईन सम्मको दूरी ४० सेमी मिलाउँदा उपयुक्त मानिन्छ ।

सिंचाई:

  • सिंचाई गर्दा ध्यान दिनु पर्ने कुरा यसको जरा जमिनको सतह नजिकै हुने हुँदा सुख्खा अवस्थामा जराले माटोबाट आवश्यक तत्व लिन सक्दैनन्
  • यसको लागि मल्चिंग गरेर चिस्यान जोगाईदिई राख्न सकिन्छ
  • खाद्य तत्व दिएर दिइने थोपा सिंचाई उत्तम प्रविधि मानिन्छ

काँटछाट एवम तालिम:

स्ट्रबेरीमा प्रशस्त मात्रामा रनरहरु हुन्छन् । रनर्सहरुमा फल नलाग्ने तथा त्यतिकै वृद्दि भईरहनाले बढी मात्रामा पोशक तत्वको नोक्सान हुने गर्दछ । फल फल्ने र र फलको विकासमा प्रतिकूल प्रभाव पार्दछन् । तसर्थ अनावश्यक रनर्सहरुलाई समय समयमा काँटछाँट गर्नु पर्दछ ।

स्ट्रबेरीलाई एकमूल प्रणाली, बहुमुल प्रणाली, चारमूल प्रणालीमा तालिम दिईन्छ ।

फल तथा फूलको विकास

स्ट्रबेरी जाडो मौसमको अन्त्य तिर माघमा फुल फुल्न सुरु गर्ने फल हो । फूलमा परसेछन् क्रियाद्वारा परागसेचन भई फलको विकास हुन्छ । धेरै फलको समूल मिलेर फल बन्दछ त्यसैले यसलाई बहुफल पनि भन्ने गरिन्छ । फुल फुलेको ३० देखि ४५ दिन सम्म फलको पूर्ण आकार भै त्यसको रंग चढ्न सुरु हुन्छ । फलमा एक चौथाई देखि आधा रंगको विकास भएपछि फल टिप्न पर्दछ । फाल्गुनको सुरु देखि जेठको अन्त्य सम्म फल उत्पादन हुन्छ ।

उत्पादन: लगभग प्रतिहेक्टर २० देखि ३० टन फल उत्पादन हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित